Photo of Milford Sound in New Zealand

लगन गाँठो कसेको तिन दिनमै इनिस्पेक्टर जोडीको मृत्यु

सँगै बाँच्ने सँगै मर्ने कसम खाँदै लगन गाँठो कसेकै दिन मृत्युवरण गर्नुपर्छ भन्ने कल्पना सायदै कसैले गर्न सक्ला । तर, रूकुममा मुटु कमाउने यस्तै भयावह दुर्घटनामा परेर बेहुला बेहुलीसहित सातजनाले ज्यान गुमाउनुपरेको छ।

रूकुममा शुक्रबार राति भएको एउटा सवारी दुर्घटना वैवाहिक जीवनमा बाँधिएका प्रहरी निरीक्षक नवीन श्रेष्ठ र उनकी नवविवाहित पत्नी प्रहरी निरीक्षक अनिता प्रधानले ज्यान गुमाएका छन् ।

बिहेकै दिन बेहुला बेहुली नै मृत्युवरण गर्नुपरेको यो डरलाग्दो दुर्घटनाको समाचारले जो कोहीको मुटु कमाउँछ । पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आइरहेको ग १ ज ४२६० नम्बरको जीप मुसीकोट नगरपालिकाको वडा नं ६ साँखमा दुर्घटनामा पर्दा नवविवाहित दम्पत्तिसहित सातजनाले ज्यान गुमाएका हुन् । रुकुमकोट निवासी प्रहरी इन्सपेक्टर नवीन श्रेष्ठ र उनकी नवविवाहित पत्नी प्रहरी इन्सपेक्टर अनिता प्रधानले पनि यो दुर्घटनामा मृत्युवरण गर्नु परेको छ ।

दुर्घटनामा ७ जनाको ज्यान जिल्ला प्रहरी कार्यालय रूकुमले जानकारी दिएको छ । दुघर्टनामा परेको जीप मध्यपहाडी लोकमार्गबाट झण्डै एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो दुर्घटनामा नवविवाहित जोडीसहित मुसीकोट नगरपालिका वडा नं। १ का जनक शाह, सुदन श्रेष्ठ, शेरबहादुर श्रेष्ठ र मुसीकोट नगरपालिका वडा नं। ४ की सुधा मल्लले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा त्रिवेणी गाँउपालिका वडा नं। १ की यमुना मल्ल पनि रहेकी छन् । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला अस्पताल रूकुम पुर्याइएको छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ६ मा जीप दुर्घटना हुँदा नवदम्पती सहित सात जनाको मृत्यु भएको छ । रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमका लागि छुटेको ग १ ज ४२६० नम्बरको स्कारपियो जीप मुसिकोट नगरपालिका ६ डाडीगाउँमा शुक्रबार साँझ दुर्घटना भएको हो ।

The post सधैका लागि बिदा भइन् अनिता, हार्दिक श्रद्धाञ्जली appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zl13kz
via IFTTT
24 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top