Photo of Milford Sound in New Zealand

एजेन्सी। इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको एउटा मस्जीदमा शुक्रबार भएको आक्रमणमा परी कम्तीमा २३५ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य सय जनाभन्दा बढी घाइतेसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । शंकास्पद लडाकूहरुले आरिस सहरमा रहेको मस्जीदलाई लक्षित गरी बम र गोली प्रहार गरेको इजिप्टको सरकारी समाचार संस्था मेनाले उल्लेख गरेको छ ।

घटनामा परी घाइते भएकाहरुको स्थानीय विभिन्न अस्पतालहरुमा उपचार भइरहेको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरुले जानकारी दिएका छन् । मस्जीदमा प्रार्थना गर्न मुस्लीम धर्माबलम्बीहरु भेला भएका वेला आक्रमण भएकाले धेरै जना घाइते भएको बताइएको छ ।

The post पलभरमै गयो २३५ जनाको ज्यान, बचेकालाई छानी छानी गोली हानियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BlgVoL
via IFTTT
24 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top