Photo of Milford Sound in New Zealand

२०७२ साल गते नेपालमा गएको महाविनाशकारी भूकम्पको कथामाथी बनेको चलचित्र माई लभ प्रमिस फर काठमाडौंको ट्रेलर सार्वजनिक भएको छ । आउँदो मंसिर १९ गते काठमाडौं उपत्यकासहित देशभरका मल्टिप्लेक्सहरुमा प्रदर्शनमा आउने यो चलचित्रको ट्रेलर मंगलवार सार्वजनिक गरिएको हो ।

जापानी निर्देशक डा तोसिआकी इतोहले निर्देशन गरेको चलचित्रमा ०७२ साल बैशाख १२ गतेको भुकम्पले काठमाडौं उपत्यका आसपासमा पुर्याएको क्षती र भूकम्पका समयमा सुरक्षाकर्मी र उद्दारकर्मीहरुले खेलेको प्रशंसनीय भूमिकामा उठान गरिएको छ ।

चलचित्रको अधिकांश छायांकन नेपालमा गरिएको भएपनि जापानका धेरै स्थानमा पनि यसलाई छायांकन गरिएको छ । नेपाली र जापानी दुवै देशका कलाकार महत्वपुर्ण भुमिकामा राखिएको यस चलचित्रमा गणेश लामा, शितल श्रेष्ठ,जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका रहेको छ । यस्तै नेपाली कलाकारहरु चैत्यदेवी सिंह,चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेत अभिनय रहेको छ ।

आफ्नो देशको महत्वपूर्ण सम्पदा स्थलहरुको महत्व दर्शाउदै तिनीहरुको पुनर्निर्माण र संरक्षण गर्नु सबै नेपालीको दायित्व रहेको सन्देश दिइएको माइ लभ चलचित्रमा ढल्दै गरेको धरहरा देखी भूकम्पले तहस नहस पारेको काठमाडौंलाई वास्तविक रुपमा प्रस्तुत गरिएको छ । फिल्म क्रियसन नेपालको ब्यानरमा गणेश लामाले निर्माण गरेको चलचित्र माइ लभमा सुष्मा देवकोटा, रमेश कोईराला लगायतका गितकारहरको शब्द साथै राज सागर र दिनेश सुनामकोे संगीत रहेको छ । गौरीशंकर धुजुको छायांकन र नारायण जिसीको छायांकन तथा तारा थापा किम्भेको सम्पादन रहेको छ ।हेर्नुहोस भिडियो

The post बैसाख १२ गतेको भुकम्पमाथी बनेको चलचित्र ‘माई लभ प्रोमिस फर काठमाडौं ‘को ट्रेलर सार्वजनिक appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2A29rH0
via IFTTT

0 comments:

Post a Comment

add

 
Top