Photo of Milford Sound in New Zealand

काठमाडौँ । रौतहटको बम काण्डमा घाइते भएका दुई जनालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन मेडिकल कलेज पुगेका छन् । मंगलबार साँझ चितवन मेडिकल कलेजमा पुगी रौतहटको बम काण्डमा घाइते भएका सरिता राई र जैविक राईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

मंसीर २ गते अज्ञात समूहको बम आक्रमणबाट घाइते आमा सरिता र छोरा जैविकको चितवन मेडिकल कलेजको सघन उपचार कक्षको बेड नं १४ र १५ मा उपचार भइरहेको छ। प्रचण्ड अस्पताल पुगेर उनीहरुको स्वास्थ अवस्थाबारे जानकारी लिनका साथै शीर्घ स्वास्थ्य लाभको काम पनि गरेका थिए । उनले डाक्टरहरुलाई घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह पनि गरेका थिए ।

बाम गठबन्धनको वडा नम्बर ५ को भेलालाई लक्षित गरी रौतहटको चन्द्रपुर गाउँपालिकाको राधाकृष्ण मन्दिर छेउमा अज्ञात समूहले बम विस्फोट गराउँदा दुई जनासहित अन्य छ जना घाइते भएका थिए । आइतबार मात्र पुत्र प्रकाश दाहाललाई गुमाएका प्रचण्ड आज चितवन पुगेर चुनावी तथा श्रद्धाञ्जलीमा भाग लिएका थिए । भिडियो हेर्नुहोस ratopati बाट

The post आफ्नो पिडा भुलेर अरुको पिडामा मलाम लगाउदै प्रचण्ड , घाइते भेट्न अस्पताल पुगे प्रचण्ड (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mLpXb6
via IFTTT

0 comments:

Post a Comment

add

 
Top