Photo of Milford Sound in New Zealand

माघ ४, (सुवास संकल्प), इटहरी,
नेपाली कला क्षेत्रमा "कला संगत" नाममा सस्था को स्थापना भैइ हाल नेपाली कलाकारको हक हितमा लागिपरेको छ l उक्त सस्थाले हाल नेपालको विभिन्न जिल्लामा कलाकारहरुको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले सास्कृतिक कार्यक्रमको आयोजना गर्दै आईरहेको छ। 
विभिन्न ठाउमा आफ्नो सास्कृतिक कार्यक्रम भब्य, सभ्य र सफल बनाई सकेको कला संगतले सुनसरीको भरौलमा पनि सास्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ l नव मोडेल इशा परियारको अग्रसरता र डि थ्री प्रोडक्सनको सहयोग साथै अन्य मा "कला संगत भरौल धमाका सास्कृतिक कार्यक्रम-२०७३" को नाममा हुने सो कार्यक्रम यहि माघ ५ गते बिहान १०:३० बजे देखि संचालन हुदैछ l कार्यक्रममा शिव गौतम, रमेश परियार, अन्जली सुनाम र इशा परियारको साथमा स्थानिय कलाकारहरुको पनि बिसेष प्रस्तुति रहने छ l
कला संगत नेपाल यसै बर्ष स्थापना भैइ हाल कला र कलाकारको हितमा काम गरिरहेको छ । आगामी दिनमा सुनसरीमा पनि उक्त सस्था स्थापना गरि कलाकारिता को क्षेत्रमा काम गर्ने तयारि भई रहेको सस्थाका अध्यक्ष शिब गौतमले जानकारी गराउनुभयो l



via IFTTT

from SHYANE http://ift.tt/2iwbY6N
via IFTTT

0 comments:

Post a Comment

add

 
Top