Photo of Milford Sound in New Zealand

माघ १३ । स्पेनिस फुटबल क्लव रियल मड्रिड किङ्स कप फुटबलबाट बाहिरिएको छ ।


लगातार ४० खेलमा अपराजित रहँदै कीर्तिमान बनाएपछि खराब लयमा झरेको रियाल मड्रिडलाई सेल्टा भिगोले किङ्स कपबाट बाहिर पठाएको हो । यो महिना खेलिएको ५ खेलमध्ये रियल मड्रिड एकमा मात्रै विजयी भएको छ ।
किङ्स कपअन्तर्गत गएराति भएको क्वाटरफाइनल दोस्रो लेगको खेलमा सेल्टा भिगोले रियाल मड्रिडलाई २÷२ गोलको बराबरीमा रोक्यो ।
खेलमा रियलका लागि क्रिस्टियानो रोनाल्डो र लुकास भाज्क्वेजले एक–एक गोल गरे । सेल्टा भिगोका ड्यानिएल वासले एक गोल गर्दा रियल मड्रिडका ड्यानिलोले एक आत्माघाती गोल गरेका थिए ।
दोस्रो लेगको खेल २-२ गोलको बराबरीमा सकिएपछि पहिलो लेगमा हात पारेको २-१ को जितको मद्दतमा सेल्टा भिगो सेमिफाइनलमा पुगेको हो । दुई लेगको समाप्तिपछि सेल्टा भिगो समग्र स्कोरमा ४-३ ले विजयी भएको हो ।
किङ्स कप अन्तर्गत गएराति भएको अर्को खेलमा एथ्लेटिको मड्रिड र आईबारले २-२ गोलको बराबरी खेलेका छन् । पहिलो लेगमा हात पारेको ३-० को जितको मद्दतले यो खेल एथ्लेटिकोेले समग्रमा ५-२ ले जितेको छ ।


from ARENA http://ift.tt/2kmgv9b
via IFTTT

0 comments:

Post a Comment

add

 
Top