Photo of Milford Sound in New Zealand

माघ ८  । पाँचपटकको विजेता नेपाल पुलिस क्लबलाई हराउँदै संकटा क्लबले १५औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा क्वार्टरफाइनलको यात्रा तय गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा विभागीय टिम पुलिसलाई २—१ ले हराउँदै संकटा अन्तिम आठमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफमा एक गोलले अग्रता लिएपनि दोस्रो हाफमा सम्हालिन नसक्दा पुलिस प्रतियोगिताबाट बाहिरिन पुग्यो ।
३५औं मिनेटमा रवी पासवानको गोलबाट अग्रता लिएको पुलिसविरुद्ध ६४औं मिनेटमा विश्व अधिकारीले बराबरी गोल फर्काए । ८५औं मिनेटमा अनिल गुरुङले संकटाको लागि दोस्रो गोल गर्दै जितको आधार बलियो बनाएका थिए ।
दोस्रो हाफमा निकै आक्रमक खेल प्रस्तुत् गरेको संकटाले अन्नतः पुलिसविरुद्ध जित निकाल्न सफल भयो ।
खेलमा ‘म्यान अफ द म्याच’ विश्व अधिकारी घोषित भए ।
प्रतियोगिताअन्तर्गत् शनिबार पहिलो क्वार्टरफाइनलमा आयोजक सहारा क्लब पोखरा र युनाइटेड सिक्किम भारत भिड्नेछन् ।


from ARENA http://ift.tt/2kc87w3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top