Photo of Milford Sound in New Zealand

माघ २ । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राती भएका खेलहरुमा चेल्सी, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् ।

लण्डन क्लव चेल्सीले लेष्टर सिटीलाई उसैको मैदानमा ३-० ले हरायो । खेलमा चेल्सीलाई विजयी गराउन मार्कस अलन्सोले दुई तथा पेड्रोले एक गोल गरे ।
राती भएको अर्को खेलमा लण्डन क्लव आर्सनलले स्वान्सी सिटीलाई ४-० ले हरायो । वेल्सस्थित स्वान्सी सिटीको मैदानमा भएको खेलमा आर्सनलका लागि ओलिभर जिरु र अलेक्सीस सान्चेजले एक एक गोल गरे ।
स्वान्सी सिटीका ज्याक कर्क र कायल नउटनले दुई आत्माघाती गोल गरेपछि आर्सनल ४-० ले विजयी भएको हो ।
प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले वेष्ट ब्रोमलाई ४-० ले हरायो । टोटनह्यामको जितमा ह्यारी केनले ह्याट्रिक गरेभने वेष्ट ब्रोमका ग्यारेथ म्याक्वेलीले एक आत्माघाती गोल गरे ।
इंग्लीश प्रिमियर लिग फुटबल अन्तर्गतका अन्य खेलहरुमा वेष्ट ह्याम युनाईटेडले क्रिष्टल प्यालेसलाई ३-० ले, हल सिटीले बर्नमाउथलाई ३-१ ले, स्टोक सिटीले सण्डरल्याण्डलाई ३-१ ले तथा बर्न्लेले साउथह्याम्पटनलाई १-० ले हराएका छन् । वाट्फोर्ड र मिडिल्सब्रोले भने गोलरहित बराबरी खेलेका छन् ।
रातीका खेलहरुपछि २१ खेलबाट ५२ अंक जोडेको चेल्सी शिर्ष स्थानमा यथावत छ । दोस्रो स्थानको टोटनह्यामको ४५ अंक छ भने ४४ अंकको साथ आर्सनल तेस्रो स्थानमा उक्लिएको छ ।
एक खेल कम खेलेको लिभरपुल ४४ अंकको साथ चौथो स्थानमा झरेको छ । प्रिमियर लिग फुटबलमा आज राती दुई खेल हुनेछन् । आज एभर्टन र म्यान्चेस्टर सिटी तथा म्यान्चेस्टर युनाईटेड र लिभरपुल भिड्नेछन् ।


from ARENA http://ift.tt/2ipqltx
via IFTTT

0 comments:

Post a Comment

add

 
Top