Photo of Milford Sound in New Zealand

माघ १३  । आयोजक सहारा क्लब पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ‘टाइब्रेकर’मा ४–३ ले हराउँदै सहाराले फाइनलमा ठाउँ पक्का गरेको हो ।
निर्धारित् ९० मिनेट र थपिएको ३० मिनेटमा पनि गोल नभएपछि निर्णय टाइब्रेकरबाटै भएको हो ।
थपिएको अन्तिम मिनेटमा भने सहाराका बबीले आर्मीका भरत खवासलाई लडाएपछि रातोकार्ड पाएका थिए ।
टाइब्रेकरमा सहाराका लागि सुशन गुरुङ, शिव सुवेदी, प्रदीप गुरुङ र उत्तम गुरुङले गोल गरे भने लक्ष्मण जिसी असफल रहे ।
त्यस्तै, आर्मीका जितेन्द्र कार्की, सन्तोष तामाङ र दीपकुमार लामाले गोल गर्दा दीपक गुरुङ र गोलकिपर विकेश कुथु असफल भए ।
दोस्रो सेमिफाइनलमा बिहीबार मनाङ–मर्स्याङ्दी र संकटा क्लब भिड्नेछन् ।
क्वार्टरफाइनलमा मनाङले धरान फुटबल क्लबलाई तथा संकटाले बंगलादेशी क्लबलाई हराएका थिए ।


from ARENA http://ift.tt/2jySP0q
via IFTTT

0 comments:

Post a Comment

add

 
Top