Photo of Milford Sound in New Zealand

माघ ४ । १५ औं आहा रारा गोल्डकप फुटबल आज(मंगलबार)बाट पोखरामा सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र सुदूरपश्चिम–एघार स्पोर्टिङ क्लब भिड्ने भएका छन् ।


उद्घाटन खेलको विजेताले माघ ८ गते युनाइटेड सिक्किम भारतसँग अन्तिम चारका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ ।
युनाइटेड सिक्किम, बंगलादेशी क्लब, आर्मी क्लब र मनाङ मस्र्याङदी क्लब बाई पाएर सिधै क्वाटरफाइनल खेल्नेछन् ।
प्रतियोगितामा तीन विभागीय र तीन विदेशी टिमसहित १२ टिम सहभागी हुने छन् । प्रतियोगिताको फाइनल खेल माघ १५ गते हुनेछ ।
प्रतियोगिताको विजेताले पाँच लाख एक हजार एक नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
उपविजेतालाई दुई लाख ५१ हजार एक रुपैयां नगद पुरस्कार प्रदान गरिने क्लबका महासचिव एबं प्रचार संयोजक केशबराज बरालले जानकारी दिए ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई एक थान हिरो स्कुटर प्रदान गरिने भएको छ । त्यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राईकर र प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।


from ARENA http://ift.tt/2iGFvJs
via IFTTT

0 comments:

Post a Comment

add

 
Top