Photo of Milford Sound in New Zealand

पौष २९, (सुवास संकल्प), इटहरी,
"Show the world your Talent" फर्म भर्नु पर्दैन, अडिसन दिनु पर्दैन, जहाँ हुनुहुन्छ त्यहीँ नाच्नुस्, भिडीयो खिच्नुस् र रु. एक लाख जित्ने अवसर प्राप्त गर्नुहोस् । बाबा एजुकेशन कन्सल्टेन्सी सिडनी, अष्ट्रेलीया र काठमांडु, नेपालको प्रायोजनमा भइरहेको ‘नाईं मलाई थाहा छैन’ अन्तरराष्ट्रिय नृत्य प्रतियोगिता अहिले देश विदेशमा छरिएर रहनु हुने नेपालीहरुले नाचेर भिडीयो पठाउने क्रम जारी छ । यसै सन्दर्भमा यस प्रतियोगिता सम्बन्धी तयार पारिएका केही प्रश्न र उत्तरहरु :-
१)  यस प्रतियोगितामा भाग लिन फर्म भर्नु वा अडिसन दिनु पर्छ कि पर्दैन ?
- बिल्कुलै पर्दैन । ‘नाईं मलाई थाहा छैन’ अन्तराष्ट्रीय नृत्य प्रतियोगिता एक खुला तथा निःशुल्क प्रतियोगिता हो जसमा भाग लिन कुनै किसिमको औपचारीक फर्म भर्नु अथवा अडिसन दिइराख्नु पर्दैन । तपाइँ जहाँ हुनुहुन्छ त्यहिँ नाच्न सक्नुहुन्छ, घरको कोठामा, पार्कमा अथवा जुनै ठाउँ जहाँ तपाइँलाई नाच्न सहज हुन्छ ।
२) प्रतियोगितामा भिडीयो कहिलेसम्म पठाइसक्नुु पर्छ ?
- यस प्रतियोगितामा नाचेको भिडीयो पठाउने समय १ जनवरी २०१७ देखि २८ फेब्रुअरी २०१७ सम्म हो । यो समयावधी भित्र प्राप्त भिडीयोहरु मात्र प्रतियोगिताको लागि छानिने छन् । 
३) यस प्रतियोगितामा भाग लिन जुनै गीतमा नाचे पनि हुन्छ की ?
- हुँदैन, यस प्रतियोगितामा भाग लिन गायक संजिव पराजुली र गायिका टिका प्रसाईंको आवाजमा रहेको ‘नाईं मलाई थाहा छैन’ बोलको गीतमा नै नाच्नु पर्ने हुन्छ । अन्य कुनै गीतमा नाचेको भिडीयो प्रतियोगीतामा समावेश हुनेछैन । 
४) ‘नाईं मलाई थाहा छैन’ गीत कहाँ पाइन्छ ?
- यो गीत गायक संजीब पराजुलीको यू–ट्यूब च्यानलमा अपलोड गरिएको छ । जसलाई यू–ट्यूबमा गई Nai Malai Thaha Chhaina ~ Chasing Love लेखेर खोज्न सकिन्छ अथवा " http://ift.tt/2jrWoG8 " यो लिंकबाट पनि अडियो डाउनलोड गर्न सकिन्छ ।
५) प्रतियोगितामा भाग लिन कति जनाले नाच्नु पर्छ, एक्लै नाच्दा हुन्छ की ?
- यस प्रतियोगितामा भाग लिन दुई वा दुई भन्दा बढिको समुहमा नाच्नु पर्नेछ । एकजनाले मात्र नाचेको भिडीयो प्रतियोगीतामा समावेश हुने छैन । अर्कोकुरा, दुइजना मात्र हुनुहुन्छ भने केटा–केटी नै हुनुपर्छ भन्ने छैन । केटा–केटी, केटा–केटा अथवा केटी–केटी भएर पनि नाच्न सक्नु हुनेछ ।
६) यस नृत्य प्रतियोगितामा भाग लिन कुनै स्पेशल ड्रेस आवश्यक छ की ?
- छैन, यस प्रतियोगितामा भाग लिन कुनै स्पेशल ड्रेस लगाउनै पर्छ भन्ने छैन । गीतलाई सुहाउँदो लुगा छन् भने लगाउन सक्नुहुन्छ तर आफुसँग जुन लुगा छन त्यसमा नाच्दा फरक पर्दैन । प्रतियोगीतामा मुख्य कुरा नृत्य हो, लुगा हैन ।
७) मोबाइलबाट खिचेको भिडीयो प्रतियोगितामा समावेश हुन्छ कि हुँदैन ?
- भिडीयो खिच्न अत्याधुनीक क्यामेरा र भिडीयोग्राफर नै चाहिन्छ भन्ने छैन । भिडीयो साधारण मोबाइलबाट खिच्दा पनि हुन्छ ।
८) नाचेको भिडीयो कति लामो हुनु पर्नेछ ?
- प्रतियोगितामा समावेश हुन पुरै गीतमा नाचे पनि हुन्छ तर नाचेको भिडीयो कम्तिमा दुई मिनेट बिस सकेण्डको चाहीँ हुनै पर्नेछ । 
९) भिडीयो खिच्दा अन्य ध्यान दिनु पर्ने कुराहरु केही छन् की ?
- हाम्रो चाहना प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीहरुलाई सजिलो होस् भन्ने हो । मोबाइल वा साधारण क्यामेराले जहाँ सजिलो हुन्छ त्यहाँ नाचेको भिडीयो खिच्न सक्नु हुनेछ । भिडियो खिच्दा, तपाईँले नाचेको पुरै भाग (शरिर) क्यामेरामा कैद होस्, त्यो ध्यान राख्नुहोला । हामीलाई प्राप्त केही भिडीयोमा नाच्ने मान्छेको पुरै भाग (शरिर) देखिएको छैन र कुनै कुनै सामुहीक नृत्यको भिडीयोमा नाच्दा नाच्दै कोही–कोही भिडीयो बाहिर हुन पुग्नु भएको देखिन्छ । त्यसैले भिडीयो खिच्दा उपयुक्त दुरीमा रहेर सबै नृत्य गर्नेहरु भिडीयोमा देखिनुहोला ।
१०) खिचेको भिडीयोलाई कसरी पठाउने ? 
प्रतियोगिताको लागि खिचेको भिडीयो गायक संजिब पराजुली अथवा गायिका टीका प्रसाईंको फेसबुक पेज [http://ift.tt/2heOr4t अथवा http://ift.tt/2isupsu] को म्यासेजमा गई पठाउन सक्नुहुनेछ अथवा NaiMalaiCompetition@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । भिडीयो पठाउँदा नृत्य गर्ने व्यक्तिहरुको पुरा नाम, ठेगाना र सम्पर्क फोन नं. पनि सँगै म्यासेज गर्नुहोस् । खिचेको भिडीयो पठाउन कुनै समस्या भए हाम्रा प्रतिनिधीहरुलाई [काठमाडौंः संदिप भट्टराई, मोबाइल नं. 9851138068, पूर्वाञ्चलः नीरज बज्राचार्य मोबाइल नं. 9849347801 सम्पर्क गरि मद्दत माग्न सक्नु हुनेछ । 
११) भिडीयो पठाइसकेपछि के हुन्छ ?
- हामीलाई प्राप्त भिडीयो प्रतियोगिताको मापदण्ड अनुसार भए/नभएको हेर्नेछौँ र भिडीयो पठाउनुहुने व्यक्तिलाई खबर गर्नेछौँ । प्राप्त भिडीयो मापदण्ड अनुसारको भए भिडीयोलाई गायक संजिव पराजुलीको यू–ट्यूब च्यानल र फेसबुक पेजबाट सार्वजनिक गर्नेछौँ । यसरी सार्वजनिक भएको पोष्टलाई तपाइँहरुले बढि भन्दा बढि शेयर गर्नुहोला । तपाइँको भिडीयोमा आएका लाईक, कमेन्ट र शेयरले ले पनि उत्कृष्ट भिडीयोको छनौटमा केही भुमिका खेल्ने छ ।
१२) उत्कृष्ट नृत्यको छनौट कसरी हुन्छ ?
हामीलाई प्राप्त र प्रतियोगिताको मापदण्ड अनुसार भएका भिडीयोहरुलाई नेपालका ख्यातिप्राप्त नृत्य गुरुहरु, कोरियोग्राफरहरु र डान्सरहरुको मुल्याङ्कनका आधारमा र हाम्रो फेसबुक पेज र यू–ट्यूब च्यानलबाट सार्वजनिक गरिएको पोष्टमा आएका लाईक, कमेन्ट र शेयरका आधारमा उत्कृष्ट नृत्यको छनौट हुनेछ । 
१३) आफुले नाचेको भिडीयो हामीले आफ्नै फेसबुक, यू–ट्यूब च्यानल वा अन्य सोसियल मिडीयामा राख्न पाइन्छ कि पाइन्न ?
- पाइँदैन, हामीलाई प्राप्त भिडीयो हामीले गायक पराजुलीको फेसबुक पेज र यू–ट्यूब च्यानलबाट तपाइँको भिडीयो सार्वजनिक गर्नेछौँ । तपाइँले आफ्नै वा अन्य कसैको फेसबुक वा यू–ट्यूब च्यालनबाट सार्वजनिक गरिएको भिडीयो प्रतियोगितामा समावेश हुने छैन ।
१४) उत्कृष्ट नृत्यको छनौट कसरी हुन्छ ?
- प्रतियोगिताको मापदण्ड अनुसार प्राप्त भएका भिडीयोहरुलाई नेपालका ख्यातिप्राप्त नृत्यगुरुहरु, कोरियोग्राफरहरु र डान्सरहरुको जजमेन्टका आधारमा उत्कृष्ट नृत्यको छनौट हुनेछ । छनौट प्रक्रिया प्रतियोगिता सकिए पछि अर्थात २८ फेब्रुअरी २०१७ पछि शुरु हुनेछ र यसको लागि दुई देखि तीन हफ्ताको समय लाग्ने छ ।
१५) रु. एक लाख पुरस्कार कस्ले र कसरी पाउने छ ?
- प्रतियोगितामा समावेश नृत्यको भिडीयोहरु मध्ये हाम्रा जजहरुले मुल्याङ्कन गरी सर्वोउत्कृष्ट ठह्र्याउनु भएको कुनै एक भिडीयो गायक संजिब पराजुली र गायिका टीका प्रसाइँको फेसबुक पेजबाट सार्वजनिक गरिने छ र रु. एक लाख नगद पुरस्कारबाट पुरस्कृत गरिने छ ।

‘नाईं मलाई थाहा छैन’ अन्तरराष्ट्रीय नृत्य प्रतियोगिता सम्बन्धी तपाईँहरुमा कुनै प्रश्न, जिज्ञासा वा सुझाव छन भने हामीलाई NaiMalaiCompetition@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । अन्य जानकारी तथा अपडेटका लागि गायक संजिब पराजुली र गायिका टीका प्रसाईंको फेसबुक पेज http://ift.tt/2heOr4t र http://ift.tt/2isupsu  लाईक गरि हेर्दै गर्नुहोस् ।



via IFTTT

from SHYANE http://ift.tt/2isE5lF
via IFTTT

0 comments:

Post a Comment

add

 
Top