Photo of Milford Sound in New Zealand

पुस २९ । स्पेनिस फुटबलमा रियल मड्रिडले लगातार ४० खेलमा अपराजित रहँदै नयाँ कीर्तिमान बनाएको छ ।

किङ्स कप अन्तर्गत गएराति भएको खेलमा सेभियासँग ३–३ गोलको बराबरी खेल्दै रियल मड्रिडले नयाँ कीर्तिमान बनाएको हो । निर्धारित ९० मिनेटसम्म ३–२ ले पछि परेको रियल मड्रिडका करिम बेन्जमाले ईन्जुरी समयमा एक गोल थप्दै रियललाई हारबाट जोगाएका हुन् ।
यसअघि रियल मड्रिडकै डानिलोले एक आत्माघाती गोल गरेपछि सेभियाले सुरुवाती अग्रता लिएको थियो । सेभियाका लागि दोस्रो र तेस्रो गोल जोभेटिच र ईबोराले गरेका हुन् ।
रियल मड्रिडका लागि भने बेन्जमाले तेस्रो गोल गर्नुपूर्व मार्को एसेन्सीयो र सर्जियो रामोसले एक–एक गोल गरेका थिए ।
यो बराबरीपछि रियल मिड्रडले ४० अपराजित श्रृंखलाको कीर्तिमान बनाएको हो । अघिल्लो हप्ता सम्पन्न खेलमा विजयी हुँदै रियल मड्रिडले ३९ अपराजित खेलको बार्सिलोनाको कीर्तिमान भेटाएको थियो ।
किङ्स कप अन्तर्गत गएराती भएका अन्य खेलहरुमा सेल्टा भिगोले भ्यालेन्सियालाई २÷१ ले हराँउदा आईबार र ओसासुनाले गोलरहित बराबरी खेलेका छन् ।


from ARENA http://ift.tt/2iNxrE4
via IFTTT

0 comments:

Post a Comment

add

 
Top