Photo of Milford Sound in New Zealand

 इंग्लिस क्लब चेल्सीका स्ट्राइकर डिएगो कोस्टालाई लिगअन्तर्गत लिसेस्टर सिटीसँगको खेलको टिमबाट हटाइएको छ ।

फिटनेशका बारेमा प्रशिक्षकसँग विवाद भएपछि कोस्टालाई शनिबार राति हुने लिसेस्टर सिटीसँगको खेलको टिमबाट निकालिएको हो ।
कोस्टाको फिटनेश प्रशिक्षक जालियो टोउससँग विवाद भएको थियो । तीन दिनदेखि प्रशिक्षणमा नरहेका कोस्टालाई चिनियाँ क्लबबाट प्रस्ताव आएको खबर पनि सार्वजनिक भएको छ ।
कोस्टाले यस सिजनको प्रिमियर लिगमा १४ गोल गरिसकेका छन् र पाँच गोलका लागि सहयोग गरेका छन् ।
चेल्सीले लिसेस्टरसँगको खेलका लागि कोस्टा नभएको बारेमा केही बताएको छैन । सन् २०१४ मा चेल्सी आएका कोस्टाको चेल्सीसँगको सम्झौता सन् २०१९ मा सकिनेछ ।


from ARENA http://ift.tt/2jKe8vN
via IFTTT

0 comments:

Post a Comment

add

 
Top