Photo of Milford Sound in New Zealand

माघ ३ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाईटेड र लिभरपुलले बराबरी खेलेका छन् ।म्यानचेस्टर युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो । खेलको २७ औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिए । तर दोस्रो हाफको ८४ औं मिनेटमा म्यानचेस्टर युनाइटेडका ज्लाटन ईब्राहिमोभिचले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।

गएराति भएको अर्को खेलमा एभर्टनले म्यानचेस्टर सिटीलाई ४–० ले हराएको छ । खेलमा एभर्टनलाई विजयी गराउन रोमेलु लुकाकु, केभिन मिरालास, टम डेभिज र लुकम्यानले एक–एक गोल गरे ।
एकतर्फी खेलमा म्यानचेस्टर सिटीले बनाएका केही अवसर खेर फालेको थियो ।
गएरातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा २१ खेलबाट ५२ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ । ४५/४५ अंक जोडेका टोटनह्याम हट्सपर र लिरभपुल क्रमशः दोस्रो तथा तेस्रो स्थानमा छन् । चौथो स्थानको आर्सनलको ४४ अंक छ भने ४२ अंकको साथ म्यानचेस्टर सिटी पाँचौ स्थानमा छ ।


from ARENA http://ift.tt/2jzZ9VI
via IFTTT

0 comments:

Post a Comment

add

 
Top