Photo of Milford Sound in New Zealand

माघ १३. आर.बी.कट्वाल (राम), झुम्का,
सुनसरीको रामधुनी भासीका बिशाल पोखरेल सानै उमेरदेखी संगित क्षेत्रमा तल्लिन छन् । मोफसलमै बसेर उनले एक पछि अर्को गर्दै धमाधम गितहरु रेकर्ड गर्न थालेका छन् । पोखरेलले हाल सम्म ३ वटा गित गाइसकेका छन् । रेकर्डको लागि भने केही गित तयारी अवस्थामा रहेको बताउछन् । १६ बर्षिय पोखरेलले सानै उमेरदेखी गित संगितलाइ माया गर्ने गरेको कारण पनि संगित क्षेत्र प्रति उनको आकर्षण रहेको छ । बच्चै देखी गित गुनगुनाउने बानी भएका उनीमा गित गाउने मात्र हैन, गित लेख्ने र गितलाइ  संगित भर्ने क्षमता पनि रहेको छ । 
 केही दिन अगाडी ‘के यो माया हो..’ बोलको गित रेकर्ड गरेका पोखरेलले छु्ट्टै ब्याण्ड समेत खोलेका छन् । माया प्रितीको भाव झल्कने सो गित उनले पुर्वाञ्चलमै रेकर्ड गरेका हुन् । सो भिडियोको सुटिङ्ग समेत सकिएको उनी बताउछन् । पोखरेल कै शब्द, संगित र स्वर रहेको सो गितको काठमाण्डौ, गोदावारी र आसपासका रमणीय स्थानमा सुटिङ्ग भएको हो । साथमा उनलाइ उनकै ब्याण्डका राज तामांग, रायन राइ र विवेक चौधरीले कोरसमा साथ दिएका छन् । विराज घिमिरेले निर्देशन गरेको सो भिडियोमा रवी आचार्य, सोमीया को मुख्य भूमिका रहेको छ । द आरबी स्क्वायर ब्याण्डको पहिलो म्युजिक भिडियोको रुपमा पोखरेलले के यो माया हो बोलको गितमा स्वर भरेका हुन । सो गितको भिडियो सम्पादन भइरहेको र चाँडै नै रिलिज गरिने बताइएको छ । यस अघि पनि रेडक्रस भुमिका बोलको गित गाइसकेका छन् । प्रशन्न रिमालद्धारा निर्देशित राष्ट्रिय स्तरको चलचित्र लाटीको "सुनकोशीमा मुखै" बोलको गित समेत गाउन भ्याइसकेका छन् । 
अध्ययन सँगसँगै गित संगितलाइ पनि अघि बढाउने सोच रहेको उनी बताउछन् । ‘म्युजिकलाइ म छोड्न सक्दिन, यसलाइ अध्ययन सँगै अघि बढाउछु’ उनी भन्छन –‘यही महिना भित्र अर्को गित रेकर्ड गर्दैछु ।’   कक्षा ८ देखी नै गित रेकर्ड गर्न थालेका पोखरेल जिल्लाका विभिन्न स्थानमा हुने महोत्सव र सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुती देखाउने गरेका छन् । जिल्ला बाहिरबाट पनि आयोजकले बोलाउने गरेको तर यस पालि एसएलसीको तयारी गर्नुपरेकाले जान नभ्याएको उनको भनाइ रहेको छ । सानै उमेरदेखी संगितलाइ अँगाल्ने पोखरेलले लक्ष्य पनि राम्रो गायक बन्ने राखेका छन् । हुने बिरुवाको चिल्लो पात भने झै उनको गित सुन्ने जो कोहीले पनि उनको लक्ष्य प्राप्तीमा कठिनाइ नपर्ने बताउछन् । कारण सानै उमेरमा गित गाएर सबैको मन जित्न सक्ने क्षमता नै हो । 



via IFTTT

from SHYANE http://ift.tt/2k6Dpny
via IFTTT

0 comments:

Post a Comment

add

 
Top