Photo of Milford Sound in New Zealand

माघ ३ । स्पेनिस फुटबलमा रियल मड्रिडको ४० खेल लामो अपराजित यात्रामा पुर्णविराम लागेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा सेभियासँग २–१ ले पराजित भएपछि रियाल मड्रिडको कीर्तिमानी यात्रा तोडिएको हो । गएरातिको खेलमा रियलका क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । तर ८४ औं मिनेटमा सर्जियो रामोसले आत्माघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो । यसपछि ईन्जुरी समयमा सेभियाका जोभेटिचले एक गोल थप्दै टोलीलाई विजयी गराए ।

यो हारपछि जिनेदिन जिदानको प्रशिक्षणमा रहेको रियल मड्रिडले दोस्रो स्थानको सेभिया र तेस्रो स्थानको बार्सिलोनासँग अंक दुरी बढाउने अवसर गुमाएको छ । लिगमा १७ खेलबाट ४० अंक जोडेको रियाल मड्रिड शीर्ष स्थानमा छ । एक खेल बढी खेलेको सेभिया ३९ अंकसहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानको बार्सिलोनाको ३८ अंक छ ।
यसअघि रियल मड्रिडले लगातार ४० खेलसम्म अपराजित रहँदै स्पेनिस लिग फुटबलमा नयाँ कीर्तिमान राखेको थियो । त्यसअघि लगातार ३९ खेलसम्म अपराजित रहादै बार्सिलोनाले यो कीर्तिमान राखेको थियो ।


from ARENA http://ift.tt/2isrlgi
via IFTTT

0 comments:

Post a Comment

add

 
Top