Photo of Milford Sound in New Zealand

माघ १३  । पूर्वविश्व नम्बर एक स्पेनिस खेलाडी रफाइल नदाल र बुल्गेरियन खेलाडी ग्रेगर दिमित्रोभ अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।


क्यानेडियन खेलाडी मिलोस राओनिकलाई पराजित गर्दै नदालले बुधबार अन्तिम चारमा ठाउँ बनाएका हुन् । नदाल ६–४, ७–६ र ६–४ ले विजयी भए ।
नदालको अबको भिडन्त १५औं वरीयताका दिमित्रोभसँग हुनेछ ।
दिमित्रोभले ११औं वरीयताका बेल्जियन खेलाडी डेभिड गोफिनलाई ६–३, ६–२ र ६–४ को सोझो सेटमा हराउँदै नदाललाई प्रतिद्वन्द्वी पाएका हुन् ।
अर्को सेमिफाइनलमा स्वीस खेलाडीहरु रोजर फेडेरर र जो वेल्फ्रेड सोंगा भिड्नेछन् ।
महिलातर्फ सेरेना र बारोनी सेमिफाइनलमा 
महिलातर्फ विश्व नम्बर दुई अमेरिकन खेलाडी सेरेना विलियम्स र क्रोएसियन खेलाडी मार्जाना लुसिक बारोनी सेमिफाइनलमा पुगेका छन् ।
२२ पटककी ग्रान्डस्लाम विजेता सेरेनाले नवौं वरीयताकी ब्रिटिस खेलाडी जोहान्ना कोन्टालाई ६–२ र ६–३ को सोझो सेटमा हराउँदै अन्तिम चारमा ठाउँ पक्का गरेकी हुन् ।
सेरेनाको अबको भिडन्त बारोनीसँग हुनेछ ।
बिनावरीयताकी बारोनीले पाँचौ वरीयताकी चेक खेलाडी कारोलिना प्लिस्कोभालाई ६–४, ३–६ र ६–४ ले हराउँदै सेरेनालाई प्रतिद्वन्द्वी पाएकी हुन् ।
अर्को सेमिफाइनलमा अमेरिकन खेलाडीहरु भेनस विलियम्स र कोको भान्डेवेगे भिड्नेछन् ।


from ARENA http://ift.tt/2k22jUT
via IFTTT

0 comments:

Post a Comment

add

 
Top