Photo of Milford Sound in New Zealand

पौष २८, इटहरी,
बर्ष २०७३ को ब्लकवस्टर फिल्म 'छक्का पञ्जा' पाईरेसीको मारमा परेको छ । प्रदर्शनको डेढ सय दिन पार गर्न तयार रहेको फिल्म फेसबुकबाट बाहिरिएको हो । फेसबुकमा फिल्म भाईरल बनेको छ । यसअघि युट्युव मार्फत फिल्म पाईरेसी भएको उदाहरण रहेपनि फेसबुकमा नै फिल्म अपलोड भएको संभवत यो पहिलो पटक हो ।
निर्माता तथा अभिनेता दिपकराज गिरीले फिल्म पाईरेसी भएको स्विकार गर्दै फेसबुकमा सेयर गर्नेहरु समेत अपराधमा जोडिनसक्ने भन्दै त्यस्तो नगर्न आग्रह गरेका छन् । फिल्मको शो को लागी युरोप भ्रमणमा रहेका निर्माता गिरी र निर्देशक दिपाश्री निरौंला भ्रमण छोट्याउँदै नेपाल आउने भन्दै गिरीले नेपाल आएपछि कानुनी प्रक्रियामा लाग्ने फेसबुकमा लेखेका छन् । 
अर्काको सम्पनि अवैधानिक रुपमा प्रयोग गर्नु, अपलोड गर्नु, सेयर गर्नुलाई जघन्य अपराध मानिन्छ । फिल्म पाईरेसी भईसकेपछि डिजिटल अधिकार प्राप्त कम्पनि हाईलाईट्स नेपालले छिट्टै नै 'छक्का पञ्जा' युट्युवमा ल्याउने तयारी गरेको छ । फेसबुकमा अर्जुनकुमार श्रेष्ठ नामको अकाउण्टबाट फिल्म अपलोड भएको छ । १६ करोड बढिको कारोबार गरेको फिल्म नेपाली वक्सअफिसको सर्वाधिक सफल फिल्म हो । फिल्ममा दिपकसँगै प्रियंका कार्की, जितु नेपाल, बर्षा राउत, शिवहरी पौड्याल लगायत अभिनयमा छन् । 
                                                                                                            समाचार:फिल्मिखाबर



via IFTTT

from SHYANE http://ift.tt/2jbvzYL
via IFTTT

0 comments:

Post a Comment

add

 
Top