Photo of Milford Sound in New Zealand

माघ ११  । सशस्त्र प्रहरी बलले राजधानीमा ब्याडमिन्टन, लनटेनिस तथा महिला भलिबलका राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ ।

सशस्त्र सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आगामी माघ १६ देखि २० गतेसम्म १३औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको हो ।
प्रतियोगितामा पुरुष एकल तथा युगल, महिला एकल तथा युगल, मिक्स डबल्स तथा विभिन्न उमेर समूहका गरी कुल १० विधामा प्रतिस्पर्धा हुनेछन् ।
यसैगरी, सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिताको नवौं संस्करण माघ १३ गतेदेखि १८ गतेसम्म सन्चालन हुने भएको छ ।
प्रतियोगितामा पुरुष एकल तथा युगल, महिला एकल तथा युगललगायत विभिन्न १३ विधामा प्रतिस्पर्धाा हुनेछ ।
सशस्त्रले माघ १६ गतेदेखि २० गतेसम्म चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता पनि आयोजना गर्ने भएको छ ।
प्रतियोगिताका विजेताले २ लाख ५० हजार तथा उपविजेताले १ लाख २५ हजार प्राप्त गर्नेछन् ।
सशस्त्रले आफ्नो आधिकारिक वेबसाइटबाट यी तीनओटै प्रतियोगिताहरुकोबारेमा जानकारी लिन तथा सहभागिताको फारम भर्न सकिने बताएको छ ।


from ARENA http://ift.tt/2jk1DJW
via IFTTT

0 comments:

Post a Comment

add

 
Top