Photo of Milford Sound in New Zealand

गत वर्ष भदौमा रिलिज ‘छक्कापञ्जा’ को नामको पछाडि २ झुन्ड्याएर बनाइएको फिल्म ‘छक्कापञ्जा २’ ले अघिल्लो फिल्मजस्तै व्यापारमा आफूलाई अब्बल साबित गरेको छ। १६ करोड कुल कारोबार गरेको बताइएको फिल्मको नयाँ संस्करण दसैंको छेको पारेर बुधबार रिलिज भएको थियो।

नामको पछाडि २ भए पनि यो छक्कापञ्जाको सिक्वेल भने होइन। निर्देशक र फिल्मका मुख्य कलाकार दोहोरिए पनि सामीप्यराज तिमल्सिना र विकासराज आचार्य लिखित कथासँग छक्कापञ्जाको कुनै तालमेल छैन।

देशभरका कुल ११० पर्दामा रिलिज फिल्म थुप्रै हलमा हाउसफुल भइरहेका छन्। यसले छक्कापञ्जाको बराबरीमा उभ्याउने संकेत दिएको छ।

वितरकका अनुसार यसले रिलिज भएको दिनदेखि दिनहुँ एक करोडको व्यापार गरिरहेको छ। ‘छक्कापञ्जाले बीस दिनमा गरेको व्यापार छक्कापञ्जा २ ले चार दिनमै पुरा गरेको छ,’ वितरक गोपालकाजी कायस्थले भने।

फिल्म यसरी सफल हुनुमा दसैंको विदा प्रमुख कारण हो भने सँगै प्रतिक्षित फिल्म रिलिज नहुनु अर्को कारण हो। हुन त रोज राणा निर्देशित ‘मेरो पैसा खोई’ पनि राजधानीमा रिलिज भएको थियो, जुन फिल्म रिलिज भएको दर्शकले पत्तै पाएनन्। बताइएअनुसार छक्कापञ्जा २ ले बलिउडको ‘जुडवा’ लाई समेत पछाडि पारिरहेको छ।

अभिनेता तथा फिल्मका निर्माता दीपकराज भने हास्यकलाकारहरुको ‘ब्रान्ड’ ले मुख्य भूमिका निर्वाह गरेको बताउँछन्। ‘दर्शकले हामीलाई यसअघिका फिल्मबाटै पत्याइसकेका छन्,’ छ एकान छ देखि छक्कापञ्जा २ सम्म लगातार सफल व्यापार गरेका चार फिल्मका निर्माता गिरी भन्छन्, ‘दर्शकलाई विश्वास छ कि, हामीले बनाएको फिल्म हेर्दा घाटा व्यहोर्नुपर्दैन।’

अध्ययनका लागि विदेश जान चाहने युवायुवतीको कथामा बनाइएको फिल्मले नेपाली समाजकै कथा उठान गरेकाले फिल्मले सबैलाई छोएको हुनसक्ने गिरीको अनुमान छ। ‘हामीले पहिलेजस्तै नेपाली समाजको घर–घरकै कथा उठान गरेका छौं,’ उनले भने, ‘छक्कापञ्जादेखि अहिलेसम्म हामीलाई के अनुभव भएको छ भने समाजकै विषय उठान ग¥यो भने फिल्म सफल हुने रहेछ। पढ्न भनेर विदेश जाने तर नफर्किने हाम्रो समाजको यथार्थ हो। यो अहिलेका लागि राम्रो लागे पनि पछिका लागि नराम्रो होइन। छक्कापञ्जा २ अभिभावकलाई पनि मन प¥यो, विद्यार्थीलाई पनि आफ्नै कथा लाग्यो।’

उनले अब आफ्नो ‘टिम’ले बनाउने फिल्म पनि हास्यप्रधान नै हुने बताए। ‘छक्कापञ्जा २ खासमा कमेडी कथा थिएन, यो त रुवाउने कथा हो। हामीबाट दर्शकले हाँसोकै अपेक्षा गर्छन्। त्यसैले कमेडी हाम्रो दायित्व पनि हो। हामी अब बनाउने फिल्म पनि सामाजिक विषयवस्तुमा कमेडीको चास्नी घोलेर प्रस्तुत गर्छौं।’

फिल्ममा गिरीका अलावा केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत, गौरव पहारी, स्वरुपपुरुष ढकाल, सन्ध्या केसी, प्रकाश घिमिरे, सरोज खनाललगायतले अभिनय गरेका छन्। फिल्मकी निर्देशक दीपाश्री निरौला हुन्। source:setopati

The post दिनहुँ करोडको व्यापार गरेको , ‘छक्कापञ्जा २ ले आज सम्म यती धेरै कमायो सुन्दा अच्चम नमानुहोला… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xUcFwu
via IFTTT
02 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top