Photo of Milford Sound in New Zealand

असोज २६, काठमाडौँ | आगामी बर्ष २०१८ मा रुसमा हुने विश्वकप फुटबलका लागि अहिलेसम्म २३ देश छनोटमा परेका छन् भने यसअघि विश्वकप खेलेका ७ राष्ट्र छनोटमै फालिएका छन् ।
युरोपबाट १० राष्ट्र

अब हुने विश्वकप फुटबल खेलका लागि आयोजक राष्ट्र रुस सहित युरोपका १० राष्ट्र सहभागी हुने पक्का भएको छ । युरोपबाट आयोजक राष्ट्र रुस, जर्मनी, बेल्जियम, इंग्ल्याण्ड, स्पेन, फ्रान्स, आइसल्याण्ड, पोल्याण्ड, पोर्चुगल र सर्विया रहेका छन् ।
दक्षिण अमेरिकाबाट ४ राष्ट्र

अब हुने विश्वकप फुटबल खेलका लागि अहिलेसम्म दक्षिण अमेरिकाका ४ राष्ट्रले आफ्नो स्थान सुरुक्षित गरेका छन् जसमा ब्राजिल, अर्जेन्टिना, कोलम्बो र उरुग्वे रहेका छन् ।
अफ्रिकाबाट २ देश छानिए

अब हुने विश्वकप फुटबल खेलका लागि अहिलेसम्म अफ्रिकाबाट २ राष्ट्र छनोट भएका छन् जसमा नाइजेरिया र इजिप्ट रहेका छन् ।
पानामा पहिलो पटक विश्वकपमा

विश्वकप फुटबल २०१८ का लागि अहिलेसम्म कन्काकाफबाट ३ राष्ट्र छनोट भएका छन् जसमा मेक्सिको, कोस्टारिका र पानामा रहेका छन् । यी तीन देश मध्ये पानामाले पहिलो पटक विश्वकपको यात्रा तय गरेको छ । छनोट खेलमा पानामा विश्वकप २०१८ मा छानिएको हो । छनोटको अन्य खेलमा पानामा र होन्डुरस विजयी भएपछि अमेरिका बाहिरिएको हो । पानामाले छनोट भइसकेको कोस्टारिकालाई २–१ ले पराजित गर्दा शीर्ष स्थानको मेक्सिको होन्डुरससँग ३–२ ले पराजित भएको थियो । यस नतिजापछी पानामा तेस्रो स्थान कब्जा गर्दै स्वतः छनोट भएको हो ।
एसियाबाट ४ देश छानिए

एसियाबाट विश्वकप २०१८ का लागि ४ देश छनोट भएका छन् । एसियाका इरान, जापान, साउदी अरेविया र दक्षिण कोरिया विश्वकपमा छनोट भएका हुन् ।
कुन-कुन देश बाहिरिए ?

त्यस्तै विश्वकपमा छनोट नभएका राष्ट्रहरुमा नेदरल्यान्ड्स, वेल्स, चिली, अमेरिका, घाना, चीन र इराक रहेका छन् ।

The post विश्वकप फुटबलका लागि २३ देश छनोट, विश्वकप खेलेका ७ राष्ट्र छनोटमै फालिए (सुची सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from ARENA http://ift.tt/2i6XSsZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top