Photo of Milford Sound in New Zealand

नेपाली चलचित्रको व्यापार अब करोड क्लबमा मात्र सिमित रहेन । धेरै नेपाली चलचित्रका निर्माता चलचित्र करोड क्लबमा प्रवेश गर्दा नै रमाउने गर्छन् । १ करोड ग्रस गरेको चलचित्रले निर्मातालाइ मुश्किलले ३० लाख रुपैयाँ मात्र हात पारिदिन्छ । यसैले, अब १ करोड ग्रसमा मात्र रमाउने दिन छैन । नेपाली चलचित्रको व्यापार अहिले निकै लोभलाग्दो हुन थालेको छ । ३ बर्ष अगाडि चलचित्र ‘कोहिनुर’ले १० करोड ग्रस कलेक्शन गर्दा खुशी भएको चलचित्र क्षेत्र त्यसको २ बर्षमै ‘छक्का पन्जा’को १६ करोडको व्यापारबाट अचम्मित भयो ।

अब, असोज ११ गतेबाट रिलिज भएको चलचित्र ‘छक्का पन्जा २’ले पनि रेकर्डमाथि रेकर्ड राखिरहेको छ । यो चलचित्रले प्रदर्शनको १० औ दिनमा १० करोड ग्रस कलेक्शन गरेको निर्माता तथा कलाकार दीपकराज गिरीले जानकारी दिएका छन् । योसँगै चलचित्र ‘कोहिनुर’को रेकर्ड तोडेको छ ।

उनका अनुसार-‘चलचित्रले दुइ दिनमै करिब ३ करोडको व्यापार गरेको थियो । त्यसपछि व्यापारमा उतारचढाव आयो । १० दिनमा चलचित्रले १० करोड ग्रस कलेक्शन गर्‍यो ।’

योसँगै ‘छक्का पन्जा २’ सर्वाधिक कमाउने चलचित्रको दोश्रो स्थानमा आइपुगेको छ । अब, यो चलचित्रलाइ ‘छक्का पन्जा’को सर्वाधिक कमाइको रेकर्ड तोड्न ६ करोडको व्यापार गर्नुपर्ने हुन्छ ।

दीपाश्री निरौला निर्देशित चलचित्रलाइ समिक्षकले औषत चलचित्र भनेका छन् भने दर्शकले रुचाएका छन् । दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, बर्षा राउत, केदार घिमिरे, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, आयुष्मान देशराज लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रले अष्ट्रेलिया जानका लागि हुने कागजी सम्बन्धको कथालाइ कमेडी शैलीमा उठान गरेको छ ।

The post ‘छक्का पन्जा २’ हिट भएपछि बर्षाले दिइन् अनमोल र प्रदिपलाइ यस्तो चुनौती! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gxqyaR
via IFTTT
11 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top