Photo of Milford Sound in New Zealand

बलिउडका बिख्यात कलाकार अमिताभ बच्चनले सञ्चालन गर्ने सोनी च्यानलबाट प्रसारित ‘कौन बनेगा करोडपति’ मा एक करोड जित्न सफल भएकी छिन् अनामिका । अहिले चारैतिर उनको चर्चा चलिरहेको छ । उनी झारखण्ड, पेसाले सामाजिक कार्यमा सक्रिय, सामान्य परिवारमा जन्मेकी हुन् । केबिसीको इतिहासमा पहिलो महिला र यो सिजनमा पहिलो करोडपतिका रुपमा अनामिकाका बारेमा भारतीय मिडियाहरुले चर्चा गरेका छन् ।

अमिताभ बच्चन का अगाडि बस्नु नै सौभाग्यको कुरा थियो’ अनामिकाको भनाई उद्दृत गर्दै दैनिक भास्करले लेखेको छ, ‘म निकै नर्भस थिएँ तर पनि हिम्मत नहारी खेलेँ” एक करोड जितेपछि अमिताभले उनलाई दिएको सल्लाह निकै महत्वपूर्ण रहेको उनको भनाई छ । शो मा एक करोड जितेपछि अमिताभले उनलाई पैसाको सही सदुपयोग गर्न सल्लाह दिएका थिए । पैसालाई त्यत्तिकै कुनै बस्तु खरीदमा उपयोग गर्नुभन्दा लगानी गर्ने र त्यसबाट प्राप्त हुने रकमबाट सामाजिक कार्य गर्न संस्थालाई समेत पैसा प्राप्त हुने सल्लाह अमिताभले उनलाई दिएका थिए ।

फेस इन इण्डिया नाम एनजीओ चलाउने अनामिका मजूमदारको जन्म जमशेदपुरमा भएको हो । वर्ष २००२ मा सत्यप्रिय मजूमदारसँग उनको विवाह भयो । उनका दुई छोरा छन् ।

कौन बनेगा करोडपति भारत र भारतबाहिर पनि चर्चित शोका रुपमा लिइन्छ । यो शो मा सोधिएका प्रश्नहरुको सही उत्तर दिन सकिएमा ७ करोडसम्म जित्न सकिन्छ । अमिताभ बच्चनले होष्ट गर्दै आएको शो मा सहभागी हुन भने त्यति सहज छैन । शुरुमा एक हजारको प्रश्नबाट शुरु हुँदै धनराशी बढ्दै जाने गर्छ ।

The post कौन बनेगा करोडपतिमा पहिलो पटक महिलाले जितिन १ करोड appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xe5cF7
via IFTTT
03 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top