Photo of Milford Sound in New Zealand

सुन्दर रुपकी धनी ऋचाले स्वहत्या गरेको कुरा सामाजिक सञ्जालमा छाएपछि उनको नाम सर्च गरेर आत्महत्या समस्याको समाधान होईन भनेर कमेन्ट र पोष्ट सुरु भएको छ ।

ऋचा साथीसंगीबीच पनि उत्तिकै मिलनसार रहेको उनीप्रति व्यक्त भएको श्रद्धाभावले पुष्टि गर्दछ । कार्तिक ५ गते दिउँसो २ बजेसम्म फेसबुकमा एक्टिभ रहेकी उनले एक्कासी किन आत्महत्या गरिन् ? रहस्यमै छ । उनका बारे पनि धेरैलाई थाहा छैन ।वुमन्स रुम रिलोडेड (डब्लुआरआर) मा सक्रिय सदस्य रहेको कुरा बाहिर फेसबुकमा खुलेको छ ।

डाक्टर बन्ने उद्देश्यले एमबीबीएस पढ्दै गरेको कुरा जानकारहरुले लेखेका छन् । गत जनवरीमा यमबुद्धले आत्म हत्या गर्दा दुःखित भएकी उनले आज कसरी आत्महत्या गरिन् ?उनले हतोत्साही र निराश भएर मन स्थिर नभएको भावमा अर्को स्टाटस पनि पोष्ट गरेकी थिईन् ।उनका साथीहरुले निकै दुखित भएर श्रद्धाञ्जली प्रकट गरिरहेका छन् । ऋचाले आखिर आत्महत्या किन गर्नुपरेको ? सबै अचम्मित छन् ।

चलचित्रकी नायिका भन्दा कम नभएको सुन्दरतामा उनी मख्ख हुन सकिनन् । सबैलाई रुवाउँदै बिदा भईन् । यस्तो उमेरमा अकालमै आफै ज्यान गुमाउनु निकै दुःखको कुरा हो ।

The post दुःखद खबर: ‘ऋचा तिमीले के गरेको ? फेसबुकमा यस्तो लेखेर आत्महत्या गरिन ऋचाले appeared first on Taja nepali news.

http://ift.tt/2xYu8kq

from SHYANE http://ift.tt/2xYhMsz
via IFTTT
22 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top