Photo of Milford Sound in New Zealand

सवारी दुर्घटना भयावह : ९९ जनाले गुमाए, दाङमा सबैभन्दा धेरै

नेपालगञ्ज, पौष ६ । मध्यपश्चिमका १३ जिल्लामा चालु अर्थिक वर्ष (आव) को पाँच महिनामा १ सय ३५ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ९९ जनाले ज्यान गुमाएका छन् भने १ सय ६० गम्भीर घाइते भएका छन् ।

मध्यपश्चिम क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरका अनुसार, दुर्घटनामा ज्यान गुमाउने र घाइते हुने अधिकांश दाङका छन् ।

क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरका इन्चार्ज तथा प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले दिएको जानकारी अनुसार, यस आर्थिक वर्षको ५ महिनामादाङमा सबैभन्दा बढी ३९ वटा सवारी दुर्घटनाका घटना भएका छन् । दुर्घटनामा २७ जनाले ज्यान गुमाएका छन् भने २८ जना गम्भीर घाइते भएका छन् । ३१ जना सामान्य उपचारपछि घर फर्केका छन् ।

त्यसैगरी, जिल्ला ट्राफिक कार्यालय बाँकेको क्षेत्रभित्र २८ वटा सवारी दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए भने पाँच जना गम्भीर र २६ जना साधारण घाइते भएका छन् । क्षेत्रीय ट्राफिक कार्यालय, कोहलपुरको क्षेत्र भित्र १६ वटा सवारी दुर्घटना हुँदा ७ जनाले ज्यान गुमाएको, १३ जना गम्भीर घाइते, ७ जना साधारण घाइते भएको उल्लेख छ ।

ट्राफिक प्रहरी उपरीक्षक खडकाले दिएको जानकारी अनुसार, पछिल्लो पाँच महिनामा रुकुममा ८ र सल्यानमा ७ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् ।

जुम्लाका ७, सुर्खेतका ६ र दैलेखका ५ जनाले पनि चालु आर्थिक वर्षमा सवारी दुर्घनामा परी ज्यान गुमाएका छन् । ट्राफिक प्रहरी उपरीक्षक खडकाका अनुसार, कालिकोटमा ५, प्यूठानमा ४ र जाजरकोटमा १ जनाले ज्यान गुमाए पनि मुगु र रोल्पामा सवारी दुर्घटनाको कुनै घटना योबीचमा भएका छैनन् ।
दाङ खबर बाट

The post सवारी दुर्घटना भयावह : ९९ जनाले ज्यान गुमाए…. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zfUJtG
via IFTTT

0 comments:

Post a Comment

add

 
Top