Photo of Milford Sound in New Zealand

सामान्य प्रशासन मन्त्री भएर चर्चा कमाएका पूर्वमन्त्री लालबाबु पण्डितले एक जना नायिकासँगको भेटमा १ हजारको नोटमा केरमेट गरेर सफा नोट नीतिको धज्जी उडाउका छन् ।

आफू सधैं कानूनको पालना गर्ने बताउँदै आएका पूर्वमन्त्री एवं मोरङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित सांसद पण्डितले अभिनेत्री केकी अधिकारीलाई १ हजार रुपैयाँको नोटमा हस्ताक्षरसहित केरमेट गरेर अटोग्राफ दिएका हुन् ।

पूर्वमन्त्री पण्डित विराटनगर १२ स्थित स्थानीय बखरी बगैंचामा बुधबार आयोजित एउटा नेपाली चलचित्रको प्रचार–प्रसार कार्यक्रममा मुख्य अतिथि थिए । सोही क्रममा पूर्वमन्त्री पण्डितले नायिका केकीलाई १ हजार रुपैयाँको नोटमा अटोग्राफ दिएका हुन् ।

नेपालमा सफा नोट नीति आएको जानकारी हुँदाहुँदै कागज मागेर हस्ताक्षर गर्दै अटोग्राफ दिनुपर्नेमा पूर्वमन्त्री पण्डितले नायिकाले दिएको १ हजार रुपैयाँको नोटमा अटोग्राफ दिए ।

पूर्वमन्त्री पण्डितले मात्र हैन, नायिका केकी अधिकारीले सफा नोट नीतिविरुद्ध १ हजार रुपैयाँको नोटमा केरमेट गराएकी छन् । पण्डितलाई देखेपछि केकीले हजारको सो नोटमा लालबाबुको अटोग्राफ लिएकी हुन् ।

सो कार्यक्रममा एमालेका नेता पण्डितले १ हजार रुपैयाँको नोटमा केरमेटसहित अभिनेत्री केकी अधिकारीको सुन्दरताको तारिफ गर्न पछि परेनन् ।

नेपाल राष्ट्र बैंकले लागू गरेको सफा नोट नीतिअन्तर्गत नोट केरमेट गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्मको जरिवाना हुने व्यवस्था छ । यही नीतिअन्तर्गत नोट वा सिक्का जलाउने, गाल्ने, च्यात्नेलाई पनि सोही सजायको व्यवस्था छ ।

व्यवस्थापिका संसद्ले पारित गरेको फौजदारी संहितामा नोट केरमेट गर्नेलाई तीन महिना जेल सजाय वा ५ हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

सर्वोच्च अदालतले सफा नोट नीति कार्यान्वयनमा ल्याउन राष्ट्र बैंक र अर्थमन्त्रालयको नाममा आदेश दिएपछि यो विषयलाई फौजदारी संहितामा समेटिएको हो ।

सर्वाेच्चले बैंक नोटमा स्टिच नगर्न, केरमेट नगर्न र जथाभावी च्यात्न नपाउने व्यवस्था गर्न नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र नेपाल सरकारको नाममा यस्तो आदेश जारी गरेको थियो । -मिडिया डवली

The post एमालेका लालबाबु पण्डित र केकि अधिकारीलाई तीन महिना जेल हुन सक्ने ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Bz7l5h
via IFTTT

0 comments:

Post a Comment

add

 
Top