Photo of Milford Sound in New Zealand

काठमाडौं, मंसिर २४ – नेपाल प्रहरीको प्रमुख पदमा बढुवा नभएपछि सरकारले आफूलाई विभेद गरेको भन्दै पहिले अदालत र पछि राजीनामा गरि एमाले प्रवेश गरेका नवराज सिलवालले चुनाव जित्दा केही अनौठा संयोगहरु उपस्थित हुँदैछन् ।

चुनाव जितेपछि नवराज सिलवाल अब कुनै दिन यो देशको गृहमन्त्री हुने बाटो खुलेको छ ।नवराजको अवस्था फे‌रिदा उनलाई हटाउने निर्णय गर्ने, उनकै कारण अदालत र न्यायाधिशको हुर्मत लिने शेरबहादुर देउवाले नवराजसित हात मिलाउनु पर्ने अवस्था छ ।

हिजोसम्मका आफ्ना प्रतिस्पर्धी नवराजसित अहिलेका प्रहरी प्रमुख प्रकाश अर्यालले सांसदका रुपमा नवराज सिलवाललाई सलाम ठोक्नु पर्नेछ । उनी गृहमन्त्री भए भने पछि लाग्नु त अर्यालको बाध्यता नै हुनेछ ।

त्यो बेला कतिपय अवस्थामा देउवा र कांग्रेसका कतिपय हस्ती नवराजसित सहयोगको हात फैलाउन समेत बाध्य हुनेछन् । हालका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रहरी प्रमुख (आइजीपी) नियुक्ति गर्दा आफूभन्दा कनिष्टलाई नियुक्ति गरेको भन्दै सिलवालले राजीनामा दिनुभयो ।

प्रहरी प्रमुख नियुक्तिको समय नेपालमा नवराज र अरु डिआईजीका नाममा यतिधेरै राजनीति भयो, मानौ‌ आईजीपी पद प्रधानमन्त्रीभन्दा ठूलो हो । सरकार, मन्त्री, दल, राजनीतिक पार्टी सबै यस विषयमा बाँडिए । तत्कालिन प्रधानन्यायाधिश शुशीला कार्की बिरुद्ध छापामार शैलीमा महाअभियोग प्रस्ताव दर्ता भयो तत्कालिन संसदमा ।

प्रहरी प्रमुख प्रकरणमा कांग्रेसले राजनीति गरेको बुझेपछि त्यसबेलाको विपक्षी दल एमालेले सिलवाललाई आफ्नो पार्टीमा भित्र्यायो र ललितपुरको कांग्रेसको सबैभन्दा बलियो मानिएको क्षेत्रमा चुनाव लड्ने टिकट समेत दियो ।

नवराज कांग्रेसका उदय शमशेरलाई हराएर हिजोदेखि सभासद भैसकेका छन् । अब उनी कुनै पनि बेला मन्त्री हुन सक्छन् । नवराजको विजयपछि नेपाली कांग्रेसका नेता देउवालाई थप दुईवटा तनाव थपिएका छन् । एक नवराजको जित र दोस्रो छँदाखाँदाको पुननिर्माण प्राधिकरणका सिईओ गोविन्द पोखरेलको अवश्यम्भावी हार ।

अर्को रमाइलो पक्ष यो चुनावबाट के आएको छ भने, डडेल्धुराबाट निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा र आफूले नै प्रहरी प्रमुख हुनबाट रोकेका नवराज सिलवाल एउटै संसदमा बराबरी सांसदको हैसियतमा हुनेछन् । प्रहरी प्रमुख बनाएको भए शेरबहादुर देउवाले अहिले पनि नवराज सिलवालले ठोकेको सलाम खान पाईरहन्थे ।

तर अब परिस्थिति यसरी फेरिएको छ कि कांग्रेसका नेताले अब नवराजलाई हिजोको नवराज सम्झेर व्यवहार गर्न मिल्दैन । किनकि सुरक्षा मामलामा राम्रो अनुभव भएका र के.पी. शर्मा ओलीले रुचाएका नवराज कुनै दिन यो देशको गृहमन्त्री हुन सक्छन् । कुरा त ढिलो र छिटोको मात्रै हो । ujyaaloonline

The post सलाम ठोक्नेबाट सलाम लिने हैसियतमा पुगे नवराज सिलवाल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2nKq73i
via IFTTT

0 comments:

Post a Comment

add

 
Top