Photo of Milford Sound in New Zealand

काठमाडौं । सुनसरी र सप्तरीमा पाँच दिनयता जंगली हात्तीको आक्रमणमा परी चार जनाको मृत्यु भएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्कने हात्तीले आसपासका गाउँ छिरेर आक्रमण गर्दा चारजनाको मृत्यु भएको हो ।

हात्तीले आक्रमण गर्दा कोसी गाउँपालिका ३ की ४५ वर्षीय सेवियादेवी सरदार र बेचनदेवी सरदरको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी सप्तरीको कञ्चनरुप नगरपालिका १० की ७० वर्षीया फुलुदेवी यादवको हात्ती आक्रमणमा परी मृत्यु भएको छ ।

घरैमा बसिरहेका बेला उनलाई हात्तीले आक्रमण गरेको थियो । यस्तै सुनसरीको बराहका ३८ वर्षीय रविलाल उरावको पनि हात्तीले आक्रमण गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । वन्यजन्तु आरक्षबाट निस्केर राति गाउँ प्रवेश गरी ज्यानै लिने अनि बालीनाली र घरमा क्षति पुर्‍याउने क्रम बढेको भन्दै स्थानीय बासिन्दाले सुरक्षाको व्यवस्था गर्न आरक्ष प्रशासन र प्रहरीको ध्यानाकर्षण गराएका छन् । news24nepal

The post हात्ती आक्रमणमा परी चारजनाको मृत्यु…. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AUrstm
via IFTTT

0 comments:

Post a Comment

add

 
Top