Photo of Milford Sound in New Zealand

काठमाडौं । अफिसबाट घर फर्कंदै गर्दा ललितपुरमा एक युवतीको सामूहिक बलात्कारपछि हत्या प्रयास भएको छ । गोदावरी नगरपालिकाको बाँडेगाउँमा २१ वर्षीया युवतीमाथि बलात्कार भएको हो । सामूहिक बलात्कारपछि ढुंगाले हानेर उनको हत्या प्रयास भएको प्रहरीले जनाएको छ । केही शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। घटना मंसिर २ गतेको हो। साँझ करिब पौन ७ बजेको थियो। युवती कार्यालयबाट घर फर्कंदै थिइन्। बाँडेगाउँको बस स्टेसनमा बसबाट झरेर हिँड्दै गर्दा बाटोमा रहेका केही युवाले उनलाई सडकबाट धकेलेर झाँडीमा पुर्‍याए। उनले हारगुहार गरिन्। कराउन थालेपछि मुख थुनेर बलात्कार प्रयास गरे। त्यसपछि पनि प्रतिकार गर्दा टाउकामा ढुंगाले हानेको उनले बताएकी छिन्। बाँडेगाउँबाट गोदामचौर जाने खोला छेउको सडकखण्डमा घटना भएको हो।

भोलिपल्ट बेहोस अवस्थामा भेटियो
बेलुका घर नआएपछि परिवारले उनको खोजी सुरु गरे। परिवारले फोन पनि नलागेपछि प्रहरीलाई समेत जानकारी गराएर खोजी सुरु गरेका थिए। खोज्ने क्रममा भोलिपल्ट बिहान सडकमुनि उनलाई बेहोस अवस्थामा भेटिएको थियो। कपडा च्यातिएको थियो, उनी अर्धनग्न अवस्थामा थिइन्। शरीरभरि चोट थिए। युवतिमाथि बलात्कार प्रयास मात्र भएको हो वा बलात्कार नै भएकोबारे थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले बताए।

एक हप्तापछि होस आयो
युवतीको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। एक हप्तासम्म उनी बर्बराउन मात्र सकिन्। एक हप्तापछि मात्र उनी बोल्न सक्ने भएको प्रहरीले जनाएको छ। होस आएपछि सडकबाट धकेलेर आफूलाई बलात्कार प्रयास भएको र प्रतिकार गर्ने क्रममा बेहोस हुन पुगेको उनले बताएकी छिन्।

रिसिइबीको आशंका
घटनाको प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत रिसइबीले उनको बलात्कार र हत्या प्रयास भएको प्रहरीले जनाएको छ। केही चिनजानकै व्यक्तिबाट घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको अपराध महाशाखाका प्रमुख एसएसपी लोहनी बताउँछन्। घटनामा युवतीका चिनजानकै व्यक्तिलाई समेत प्रहरीले पक्राउ गरेको छ। ‘पूर्वयोजना अनुसार नै बलात्कार र हत्या प्रयास भएको देखिन्छ,’ अनुसन्धानमा आबद्ध अपराध महाशाखाका एक प्रहरी अधिकारीले भने, ‘बसबाट झरेर अगाडि बढेलगत्तै उनीमाथि आक्रमण भएको थियो।’ बाँडेगाउँमै घर भएकी पीडित युवतीले गत वर्ष मात्र बिहे गरेकी थिइन्। महानगरीय अपराध महाशाखाले घटनाको अनुसन्धान गरिरहेको छ। प्रहरीले ५ जना व्यक्तिलाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ। पक्राउ परेकामध्ये केही व्यक्ति घटनामा संलग्न भएको पुष्टि भइसकेको छ। घटनाका एक प्रत्यक्षदर्शीलाई समेत प्रहरीले पक्राउ गरेको छ। केही अभियुक्त फरार रहेकाले प्रहरीले घटनालाई गोप्य राखेको हो।

The post राजधानीमै युवतीको सामूहिक बलात्कारपछि हत्या प्रयास, ७ दिनपछि खुल्यो होश र रहस्य appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AlKQ23
via IFTTT
02 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top