Photo of Milford Sound in New Zealand

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकाका ब्यवसायी दम्पतिको विभत्स हत्या भएको छ । व्यवसायीक रुपमा गाईपालन गर्दै आएका ३७ बर्षीय दिपक सुवेदी र उनकी श्रीमती ३२ बर्षीय दिपा सुवेदीको विभत्स हत्या गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरोले जनाएको छ । सिआईवीको टोली अहिले घटना स्थल पुगेको छ ।

शरीर नै क्षतविक्षत हुने गरी हत्या गरिएको अवस्थामा उनीहरुको शव फेला परेको छ । श्रीमती दिपाको शव गाई फारम भित्र नै भेटिएको छ भने श्रीमान् दिपकको शव फारम नजिकैको परालको पौवा भित्र भेटिएको छ ।

घरबाट ५ सय मिटर टाढा एकान्तमा गाई फारम रहेको थियो । बिहानै गाईहरुले जोड–जोडले कराएपछि छिमेकीहरु त्यहाँ पुग्दा हत्या गरिएको अवस्थमा उनीहरुको शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो । हत्यामा घरेलु हतियार प्रयोग गरिएको छ । घटनास्थल नियाल्दा गाई फारमको पछाडीबाट हत्याराहरु फरार भएको बुझिएको छ ।

यो पनि पढ्नुहोस् :

राजेन्द्र राई भन्छन्, नाक चुच्चेलाई भोट नदिनुस्

धनकुटा । जिल्लामा राम्रो प्रभाव पारेका छन् नेकपा एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राईले । उनी आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभाका उम्मेदवार पनि हुन् । तर, उनले अहिले भोट माग्न जातीय रंग दिइरहेका छन् ।

अघिल्लोपटक सुनीलबहादुर थापासँग चुनावी प्रतिष्पर्धा गर्दा उनले त्यही जातीय नारा लगाएका कारण पराजय भोग्न बाध्य भएका थिए । त्यसबेला राईले ठाउँठाउँमा नाक चुच्चे र थेप्चेले भोट नदिँदा पनि जित्छु भन्ने हुंकार पिट्दा पराजित हुनुपरेको थियो ।

अहिले फेरि त्यही शैली अपनाउन थालेका छन् । उनले आफु निकटका जनजाति नेताहरुलाई बोलाएर नाक चुच्चे (क्षेत्री बाहुन र दलित) हरुले भोट नदिँदा जित्न सकिन्छ कि सकिँदैन भनेर सल्लाह गर्न थालेका छन् ।

धनकुटा प्रदेश नं. १ मा जनजातिहरुको बाहुल्यता रहेका कारण उनले नाक चुच्चे र थेप्चेहरुले भोट नदिए पनि जित्न सकिने हुँंकार पिट्न थालेका छन् ।

उनले भित्री रुपमा अन्य पार्टीलाई समर्थन गर्ने जनजातिहरुलाई पनि नाक चुच्चे उम्मेदवारलाई भोट नदिन उर्दी जारी गरेका छन् । उनले नाक चुच्चे भनेर धनकुटाबाट प्रतिनिधिसभामा जितको नजिक पुगेका सुनीलबहादुर थापालाई इंगित गर्दै आएका छन् ।

त्यति मात्रै होइन, उनले प्रदेशसभा ‘क’ का मनोहरनारायण श्रेष्ठ र ‘ख’ अर्जुन थापालाई पनि मत नदिन उर्दी जारी गरेका छन् । राईले नाक चुच्चेलाई भोट नदिन आग्रह गरेपछि एमालेकै तर्फबाट प्रदेशसभा ‘ख’ मा उम्मेदवार बनेका इन्द्रमणी पराजुली संकटमा परेका छन् ।

The post बाराबाट आयो एक्कासी यस्तो दुखद खबर, ब्यबसायी दम्पतिको क्षत-विक्षत तरिकाले हत्या गरेपछि गाउँमा त्रास, घटनाको शिलशिला यस्तो छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zWY6Lu
via IFTTT

0 comments:

Post a Comment

add

 
Top