धादिङ, १५ मंसिर । खानीखोला प्रहरीले विस्फोटक पदार्थ सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। काँकडभिट्टाबाट काठमाडौँ आइरहेको ना७ख ४९७६ नम्बरको बसबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो।
विशेष सूचनाका आधारमा उक्त बस खानतलासी गर्दा उनीहरुलाई विस्फोटक समाग्री सहित आवश्यक उपकरण पनि बरामद गरेको हो। सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै प्रहरीले ती भारतीय नागरिकको नाम भने गोप्य राखेको छ।
खानीखोलाका असइ दीपेन्द्र भट्टको कमाण्डमा रहेको प्रहरीले बसबाट भारतीय नागरिकलाई विस्फोटक सामाग्री बनाउन चाहिने कच्चा पदार्थ र उपकरणसहित पक्राउ गरिएको धादिङ जिल्ला प्रहरी प्रमुख एसपी ध्रुवराज राउतले जानकारी दिए। पक्राउ परेका भारतीयसँग थप अनुसन्धान भइरहेको राउतले बताए! nayabato
The post काँकडभिट्टाबाट काठमाडौँ आइरहेको बस चेकिङ् गर्दा प्रहरीको सातो उड्यो, बसमा थियो यस्तो appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2AnF1yY
via IFTTT
0 comments:
Post a Comment