Photo of Milford Sound in New Zealand

नवलपरासी/ पढेपछि जागिर पाइन्छ भन्ने सोच प्रायः सबै युवाको मनमा हुन्छ । छोराछोरीले धेरै पढेर राम्रो जागिर खाएर धेरै पैसा कमाएको हेर्ने चाहना अभिभावकको पनि हुनेगर्छ । यही सोच र चाहनाले मानिसहरू पारम्परिक खेतिकिसानी गर्न छाडेर, गाउँघरको कुटोकोदालो छोडेर शहरमुखी बन्दै गइरहेका छन् । तर पढाई अनुसारको जागिर नपाएपछि बिहान बेलुकाको छाक टार्न समेत मुस्किल हुने गरेको अनुभव धेरैको छ । पढाई पुरा भएपछि पनि राम्रो आम्दानी नपाएपछि बैदेशिक रोजगारी नै अन्तिम विकल्प मानेर विदेशिने युवाहरूको सङ्ख्या दिनहुँ बढ्दो छ । तर यहि गाउँघरको कुटोकोदालोलाई सारथी बनाएर मनग्य आम्दानी गर्ने उदाहरणीय युवा पनि हाम्रै समाजमा छन् ।
थमन रजालि मगर

हुप्सेकोट गाउँपालिका–३ ९साविक देउराली गाविस वडा नं. ४०का थमन रजालि मगर अचेल आफनो तरकारी खेतीमा निक्कै व्यस्त देखिन्छन् । उनले हाल थमन आर्गनिक एग्रीकल्चर फर्म शुरु गरेका छन् । विरेन्द्र बहुमुखी क्याम्पस, चितवनबाट स्नातक पास गरेका मगरले सानोतिनो जागिर पनि नगरेका होइनन् । जागिरबाट प्राप्त आम्दानीले आफ्नो पेट पाल्न पनि धौधौ भएपछि कृषि कर्ममा लाग्ने निर्णय गरे । उनि भन्छन्, “अहिले राम्रो आम्दानी छ, परिवारसँगै बसेर काम गर्न पाउँदा छुटै रमाइलो हुँदोरहेछ ।”

मगरले डेढ बिगाहा जग्गामा तरकारी खेती गरेको ५ बर्ष भयो । व्यवसायिक तरकारी खेतीबाट आएको आम्दानीले उनलाई परिवार पाल्न मज्जाले पुगेको छ । स्वदेशमा कुनै सम्भावना नदेखेर कृषि तथा अन्य कार्यको लागि विदेशिने युवाहरूलाई लक्षित गर्दै उनि भन्छन्, “हामी हिरामा बसेर सुन खोज्छौँ, अनि कसरी हुन्छ विकास रु” शुरुमा बार्षिक ८ देखि १० लाखसम्म आम्दानी गरेका मगरले अहिले बार्षिक १८ देखि २० लाखसम्म कमाउछन् । मगरले भने, “जागिर गर्दाको समयमा बालबच्चालाई दिने ५ रूपैयाँ पनि गोजीमा हुँदैनथ्यो, आज लाखौको कारोबार गरिन्छ ।” मगरले आफ्नो तरकारी नारायणगढदेखि काठमाडौंसम्म पुर्याउँछन् ।

आफूले उत्पादन गरेको तरकारी धेरैले मन पराउने भएका कारण भनेजस्तै मूल्य पाउने गरेको उनले बताए । यस क्षेत्रका कृषिका चुनौतीहरूलाई औँल्याउदै अबको समयमा कृषि पेशालाई व्यवसायिक बनाउन प्रविधिको विकासमा जोड दिनुपर्ने उनको धारणा छ ।

अभियान

The post ५ रूपैयाँ नहुने थमन, यसरि अहिले बार्षिक २० लाख कमाउँछन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jF2CD8
via IFTTT

0 comments:

Post a Comment

add

 
Top