मुम्बई (एजेन्सी)– पाँच वर्षको अन्तरालपछि सलमान खान र कट्रिना कैफको जोडी पुनः ‘टाइगर जिन्दा हे’ फिल्म मार्फत फर्किंदै छ। फिल्म यही क्रिसमसमा रिलिज हुँदैछ। फिल्मको गीत र ट्रेलरलाई धेरैले रुचाएका थिए। अहिले कट्रिना र सलमान फिल्मको प्रमोसनमा व्यस्त छन्।
फिल्मको प्रचारका लागि यो जोडी ‘डान्स च्याम्पियन’को रियालिटी सोमा उपस्थित भएका थिए। जहाँ कट्रिना यति इमोसनल भइन् कि, सुटिङ बीचमै रोक्नुपरेको थियो। मिडियाका अनुसार सोका प्रत्यासी सुशान्त खत्रीको डान्स हेरेपछि कट्रिना इमोसनल भएकी थिइन्। उनले स्टेजमा आँसु रोक्न सकिनन्। सुशान्तले सलमान खानको फिल्म ‘तेरे नाम’को गीतमा डान्स गरेका थिए। डान्स हेरिरहेकी कट्रिना बीचमै रुन थालिन्। कट्रिनाका कारण सुटिङ १० मिनेट रोकिएको थियो।
पछि कट्रिनालाई सहज भएपछि मात्र पुनः सुटिङ भएको थियो। सुटिङका क्रममा सलमानले स्टेजमा फर्किंदै आफ्नो फिल्म ‘सुल्तान’ को गीत ‘जग घुमिया’मा डान्स गरेका थिए। उनले कट्रिनाको मुड ठिक गर्न नाचेको बताइएको छ।
अली अब्बास जफर निर्देशित ‘टाइगर जिन्दा हे’ २०१२ मा रिलिज भएको ‘एक था टाइगर’ को सिक्वेल हो। फिल्म २२ डिसेम्बरमा रिलिज हुँदैछ।
The post नेपाली डान्सर सुशान्त खत्रीको डान्स हेरेपछी थामिएनन् कट्रिनाका आँसु ( भिडियो हेर्नुहोस ) appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2klUiIS
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.