Photo of Milford Sound in New Zealand

टेलिभिजन डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन’ को टाइटल वीर राधा शेर्पाले जितेका छन् । केहि समय अगाडी मात्र ‘डान्स प्लस’ को सिजन ३ को विजेता बनेका आसाम निवासी वीरले ‘डान्स च्याम्पियन’ मा पनि आफुलाई उत्कृष्ट सावित गरे ।

प्रतियोगितामा सहभागी एमजे ५ ग्रुप, पीयूस भगत, सुशांत खत्री, फैजल खान र वैष्णवी पाटिललाई पछाडी पार्दै वीरले टाइटल जितेका हुन् । पछिल्लो साता मात्र सलमान खान र कट्रिना कैफ गेस्टको रुपमा आउदा उनले ब्याटल जितेका थिए ।

स्टार प्लसबाट प्रशारण भईरहेको यस शो मा रिमो डिसुजा र तेरेन्स लुइस निर्णायक रुपमा रहेका थिए । टाइटल जित्ने साथ् वीरले सम्पूर्णलाई धन्यवाद दिएका छन् ।

‘मैले आफ्नो मेहनत गरिरहे र लाग्छ यो यसैको प्रतिफल हो’ वीर भन्छन ‘तपाइको माया र मेरो मेहनतले अझै प्रगति गर्दै जानेछु ।’ उनि ‘डान्स प्लस ३’ को विजेता भएता पनि मुम्बईमै डान्सको क्लास लिईरहेका छन् । उनि आफुलाई बलिउडमा कोरियोग्राफरको रुपमा देख्न चाहेको बताउछन ।

The post सुशान्त खत्रीलाई पछी पार्दै वीरले जिते ‘डान्स च्याम्पियन’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BTBtW0
via IFTTT

0 comments:

Post a Comment

add

 
Top