Photo of Milford Sound in New Zealand

कोलकता– भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्री वैवाहिक बन्धनमा बाँधिएका छन्। उनी लामो समय देखिकी प्रेमिका सोनम भट्टाचार्यसँग सोमबार वैवाहिक बन्धनमा बाँधिएका हुन्।कोलकतामा भएको विवाहमा कप्तान क्षेत्री नेपाली ढाका टोपीमा सजिएर दुलही लिन गएका थिए। घोडामा सवार क्षेत्रीले नेपाली परम्पराअनुसार विवाह गरेका हुन्। गुडगाउँको एउटा होटलमा विवाह समारोह भएको थियो। विवाहको अघिल्लो दिन क्षेत्रीले जनै लगाएको तस्बिर सार्वजनिक गरेका थिए।

मोहन बगानका पूर्व उत्कृष्ट खेलाडी सुब्रत भट्टाचार्यकी छोरी सोनमसँग उनले दुई साताअघि औंठी साटासाट गरेका थिए। इन्डियन सुपर लिगको चौथो सत्रको उद्घाटन खेलमा उनले मुम्बई सिटीविरुद्ध खेल्दै बेंगलुरु एफसीका कप्तान क्षेत्री नयाँ दिल्ली पुगेका थिए।सोनमले स्कटल्यान्डबाट बिजनेस मेनेजमेन्टमा स्नातक गरेकी छिन्। नेपालीभाषी ३३ वर्षीय सुनिल क्षेत्रीको मामाघर नेपालको झापा हो।

The post नेपाली मुलका भारतीय फुटबल खेलाडी सुनीलले गरे हिन्दु परम्परा अनुसार विबाह, नेपाली ढाका टोपीमा सजिएर घोडा चढि गए दुलही लिन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iTVrec
via IFTTT
05 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top