Photo of Milford Sound in New Zealand

मृत्यु एक डरलाग्दो सत्य हो । हामी जन्मिदाँ लिएर आएको एउटै सत्य मृत्यु हो । सजीव प्राणीका लागि मृत्यु निश्चित छ । मात्र ढीलोचाँडोको कुरा हो । यहिनियमलाई हेर्ने हो भने कहिलेकाही जीवनका असाध्यै प्रियलाग्ने मानिसहरुलाई गुमाउनु पर्ने हुन्छ । मृत्युले उमेर, जात, पेशा , धर्म आदि केही हेर्दैन । त्यसैको मारमातपाई हामी पर्छौँ र परेका पनि छौँ होला । यही रीतमा केहीकलाकारहरु पनि परेका छन् ।फर्सिनेटवर्कमाआजहामी केहीकलाकारहरुको बारेमाचर्चा गर्दैछौँ जसले आफ्ना जीवनसाथीहरु गुमाएका छन् ।

श्वेता खड्का
नेपाली सिनेमा गोर्खाली, देवदुत, हामीतीनभाई, वर पिपल , कहाँ भेटिएला, कोहीनूर लगायतका दर्जनौँ सफल फिल्महरुमाअभिनय गरेका सिनेमाका तारा अभिनेता श्रीकृष्णा श्रेष्ठको निधन भएको दुई बर्ष पुग्न आँटेको छ । २०७१ साल साउन २४ गते उनले यो संसारलाई अलविदा भनेका थिए । विवाहको एक महिनामै पत्नी श्वेतालाई एक्लो पारेर उनले यो संसारबाट बिदालिए । श्री कृष्णको निधनको केहि महिना श्वेता डिप्रेशनमा गईन् । तर जसो तसो उनले आफ्नो च्यातीएको मनलाई सिउने कोसीस गरिन् र हाल उनी सामान्य अवस्थामा नयाँ जीवन जिईरहेकी छिन् । उनले आफू ठिक हुनुमा दर्शकको माया हो भन्छीन् । हिजो आज उनी केही कार्यक्रमहरुमा समेत देखापर्ने गरेकी छिन् । उनले तत्कालै फिल्ममा फर्किने मन गरेकी छैनन् । बरु व्यवसायगर्दै छिन् ।

हरिबंश आचार्य
हास्यव्यङ्ग्यका महानायक हरिबंश आचार्यले पनि पहिलो पत्नी मीरालाई गुमाएका हुन् । उनले पहिलो पत्नी मिरालाई नचाहदा नचाहदै गुमाउनु पर्यो । मीरा एक सञ्चारकर्मी हुन् । मीराको असमायिक निधनले उनी डिप्रशनमा परे । पत्नीको निधन पछि हरि निदाउन सक्दैनथे । उनलाई निदाउनको लागि कि त निन्द्राको गोलीकित ड्रिङक गर्नुु पथ्र्याे ।
पत्नी गुमाउँदाको त्यो पल सम्झदै उनी भन्छन् -“म जति सायदै कोही रोयो होला । तर म धेरै रोएँ भनेर कसैले पनि पत्याउँदैनन् होला किनकी म एक हाँस्यकलाकार हुँ । स्टेजमा सबैलाई हँसाउँछु । ” पत्नीको असमायिक निधनबाट बिक्षिप्त भएका उनले आफ्नो जीवन भोगाईको एक पुस्तक पनि प्रकाशित गरे “चिना हराएको मान्छे” । उनको किताब उनका पाठक श्रोताले निकै मन पराए ।
हरिले मीराको निधन भएको ढडे बर्षपछि दोस्रो पत्नीको रुपमा रमीला थापालाई भियाए । धेरैले उनलाई पत्नी मरेको छोटो समयमा नै विवाह गर्यो भन्दै आलोचना पनि गरे । तर हरिले दोस्रो विवाह साईकयाट्रिकको सल्लाह अनुसार गरेका थिए । रमीलालाई पाएर हरि निकै खुसी छन् । उनले हरिलाई सम्हालीन र उनलाई नअत्तालिन सिकाएकी छिन् । हरि कहिलेकाही ठट्टा गर्दै भन्छन् -‘ रमीलालाई त्यस बखत विवाह नगरेको भएअर्कैले लगिसक्थ्यो होला मैलै पाउँदिनथे ।’

सत्यराज आचार्य
गायक सत्यराज आचार्यले पनि पहिलो पत्नी गीता गुमाएका छन् । पत्नीको निधनको केहि वर्ष पीडा र वियोगमा बिताए । पछि उनको एक्लोपनलाई भगाउन उनी भन्दा १० बर्ष कान्छी अनिता उनको जीवनमा आइन् । अनिता थापालाई सत्यले दोस्रो पत्नी बनाएर भित्र्याए । अनिता र सत्य एक छोराका मातापिता बनीसकेका छन् । उनले आफ्नो छोराको नाम संगीत राखेका छन् ।
पहिलो श्रीमतीको निधनको समय सम्झदै सत्य भन्छन् – “त्यस समय उनी गर्भवति थिईन् । नौ महिना भईसकेको थियो । १० ÷१२ दिनपछि उनी सुत्केरी हुने कुरा डक्टरले बताएको थियो । अघिल्लो दिन सुटिङ गरेको समयका केहि चक्लेटहरु मेरो खल्तीमा रहेछन् । त्यहि चकलेटहरु उनलाई खानदिएर म बाईकमा तेल हाल्न हिँडे । त्यो मेरो उनीसँगको अन्तिम भेट थियो ।”
सत्यकी पत्नीले बच्चा ठूलो छ र मलाई गाह्रो भयो भनेर बेलाबखतमा भनिरहन्थिन् । त्यस्तै बच्चा घाँटीसम्म आयो भन्ने कुराहरु पनिगरिरहेको सत्य बताउँछन् । त्यो पल सम्झदै उनले अगाडी भने –“मलाई आनन्द अधिकारीले तेल हाल्नबोलाउनु भएको थियो । तेल हालेर म फर्कनलागेको थिएँ, स्वरुपको फोन आयो । स्वरुपलेभाउजु अब यो संसारमा हुनुहुन्नभन्यो । त्यस बखत म निकै खालीभएँ । म हस्पिटलपुग्दा सबै आईसकेका थिए । ”
सत्य अगाडि थप्छन्, “घरमा भात खाएर सामान्यतया मम्मीहरुसँग बस्ने उनको बानी थियो । तर त्यो दिनआमा भात खाईसकेपछि पूजाको लागि निस्कनु भएछ । खाना खाएर सधै तल बस्ने मान्छे,त्यो दिन माथि आएर चुकुल लगाएर सुतिछिन् । उनलाई उल्टी भएछ । भातको छोक्राहरु घाँटीमा अड्केपछिउनको श्वास रोकिएर यो संसारबाट बिदाभएकी रहछिन् । ढोका लगाएर बसेकी उनलाई अन्तिम समयमा हामीले ढोका फोरेर निकालिएको थियो ।”
तर केहिले सत्यलाई नै श्रीमती मारेको आरोप पनि लगाएका थिए । सत्य आफ्नो जीवनको सबैभन्दा दुखद क्षण नै त्यहि भएको बताउँछन् ।

पुरुषोत्तम प्रधान
छायाँकार पुरुषेत्तम प्रधानले पनि जीवन संगीनी गुमाएका छन् । उनकी श्रीमिती सुत्केरी भएको २४ दिनमा नै यो संसार छाडेर गएकी थिईन् । सुत्केरी भएको २४ दिनपछि अनुको निधनभएको थियो । लामो समयको प्रेमपछि विवाह गरेका उनीहरुको प्रेम अमर रह्यो तर एक साथ जिउने सपना भने अधूरै रह्यो । ब्लकबस्टर लुट , नेपालकै पहिलो थ्रिडी फिल्म भिजलान्ते , ड्रिम्स जस्ता चलचित्रखिचेका प्रधानले आफूलाई मायागर्ने श्रीमति गुमाएको पीडा खेप्नु प¥यो । तथापी आफ्नो कामबाट विचलित नभई पुरुषोत्तम कर्ममा लागि परिरहेका छन् ।

मनोज केसी
सांगीतिक ब्याण्ड १९७४ एडीका मनोज केसीले पनि श्रीमती गुमाएका छन् । उनले पनि श्रीमतीको असमायिक निधनका कारण पीडा भोगे । मनोजले सन् २०१२ मा पे्ररणासँग प्रेम विवाह गरेका थिए । तर,सन् २०१५ मा प्रेरणाले यो संसारबाट विदा लिइन् । पे्ररणा गर्भवति थिइन् र अप्रेशन गरेर बच्चा जन्माउन चाहन्थिन् । उनीहरुले यसबारे आफ्नो डक्टरसँग कुरा पनि गरेका थिए । तर, डक्टरले प्रेरणा र बच्चा दुवैको स्वाथ्य राम्रो भएकाले अप्रेशन गर्नु नपर्ने सुझाए । मनोज भन्छन् -“एकदिन प्रेरणाले बच्चाको मुुभमेन्ट फिल गरिनन् । मनोजले प्रेरणालाई लिएर हस्पिटल गए र अल्ट्रासाउण्ड गराए । बच्चाको घाँटीमा नाभी बेरिएको रहेछ । प्रेरणाले अप्रेशन गरेर बच्चा निकालौं भनिन् । तर, डक्टरले नआत्तिन भने र बेथा शुरु हुने औषधी दिए । औषधीले काम गरेन । प्रेरणालाई दोस्रो डोज दिइयो । उनको बेथा शुरु भयो । उनले छोरा जन्माइन् । तर, औषधीको डोजका कारण अत्यधिक रक्तश्राव शुरु भयो । अप्रेशन गरेर पाठेघर निकाल्ने कुरा भयो । तर, अप्रेशन सफल भएन ।”
प्रेरणाले संसारबाट विदा लिइन् । औषधीको ओभर डोजका कारण मनोजको छोरालाई केहि दिन भेन्टिलेटरमा राख्नु पर्यो । मनोज अहिले छोराको आमा र बाबा दुवैको भूमिका निर्वाह गरिरहेका छन् । gufgaf.com

The post जीवन साथी गुमाएका नेपाली सेलिब्रेटीहरु (भिडियोसहित ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DxGG6m
via IFTTT

0 comments:

Post a Comment

add

 
Top