Photo of Milford Sound in New Zealand

ब्रुनाईका राजकुमार अब्दुल मतीन सामाजिक सञ्जालमा आफ्नो जीवनशैलीका कारण लोकप्रिय छन् । इस्न्टाग्राममा उनको फलोअरको संख्या सात लाखभन्दा बढी छ ।

मतीन ब्रुनाईका सुल्तान हसनल बोलकियाका १०औं सन्तान हुन् र सिंहासनमा उनको नम्बर छैठौंमा छ । राजकुमार सुन जडिएको महलमा बस्छन् ।

शाही कर्तव्यका रूपमा उनी परोपकार गर्छन् र पितालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्छन् । सन् २०१५ मा उनले माल्टामा भएको कमनवेल्थ हेड्स अफ गभर्नमेन्ट बैठकमा ब्रुनाईको प्रतिनिधित्व गरेका थिए र आतंकवादविरुद्ध आवाज उठाएका थिए ।

मतीन लन्डनको किंग्स कलेजमा अन्तर्राष्ट्रिय राजनीति पढिरहेका छन् । उनले राष्ट्रिय स्तरमा ब्याडमिन्टन प्रतियोगितामा भाग लिएका छन् । त्यसबाहेक उनी फूटबल, पोलो, मिक्स्ड मार्सल आर्ट्स र स्कीइङमा रुचि राख्छन् ।

उनले सिंह पालेका छन् । इन्स्टाग्राममा उनले सिंह र चितुवाका बच्चासँग तस्वीर खिचाएर अप्लोड गरेका छन् ।

मतीनका पिता ब्रुनाईका सुल्तान संसारका सबभन्दा धनी व्यक्तिमध्ये एक हुन् । उनीसँग एक हजार तीन सय ६ अर्बभन्दा बढी सम्पत्ति भएको बताइन्छ ।

The post यी हुन् सुनको महलमा बस्ने राजकुमार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zeKw4d
via IFTTT

0 comments:

Post a Comment

add

 
Top