Photo of Milford Sound in New Zealand

पोखरा, ८ पुस । कास्कीको भाचोकमा बस पल्टिँदा वडा सदस्यको मृत्यु भएको छ । पोखराबाट भाचोकतर्फ गइरहेको ना ३ ख ७४३६ नम्बरको बस शुक्रबार साँझ दुर्घटना हुँदा मादी गाउँपालिका वडा नम्बर ९ का दलित महिला सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

बस सडकबाट करीब एक सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको छ । सडकको डिल भत्केर गाडी पल्टिएको स्थानीयले बताएका छन् । घाइतेहरुलाई राती नै उद्धार गरेर पोखराका मनिपाल, फिस्टेल, पश्चिमाञ्चललगायतका अस्पतालहरुमा उपचार गर्न लगिएको थियो ।

The post फेरी दुखद खबर: वस दुर्घटनामा वडा सदस्यको मृत्यु , ९ जना घाइते appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BZFI4H
via IFTTT

0 comments:

Post a Comment

add

 
Top