Photo of Milford Sound in New Zealand

न्युयोर्क / हालै अमेरिकामा एक व्यक्तिले विश्वकै पिरो मानिएको घोस्ट पेपर नामक खुसार्नी खाँदा घाँटीको तल्लो भागमा रहेको खाना नलीमा प्वाल नै परेको छ । जर्नल अफ इमरजेन्सी मेडिसिनमा प्रकाशित रिपोर्टमा ती व्यक्तिको नाम भने उल्लेख गरिएको छैन । जर्नलमा ती व्यक्तिले खाना खाने एक प्रतियोगितामा घोस्ट पेपर वा भुत जोलोकिया नाम गरेको खुर्सानीको प्युरी बर्गरको माथिल्लो भागमा लगाएर खाएका थिए ।

घोस्ट पेपर लाई सन् २००७ मा गिनिज बुक अफ वल्र्ड रेकर्डमा विश्वकै सबैभन्दा पिरो खुर्सानी भनेर मान्यता दिइएको थियो । निकै पिरो खाना सक्ने बित्तिकै उनलाई वाकवाक आउने र भोमिट हुन थाल्यो । यसको साथै उनको पेट र छाती पनि दुख्न थाल्यो । स्थिति बिग्रिएपछि उनलाई अस्पतालको इमरजेन्सीमा लगेर भर्ना गरियो । त्यहाँ उनको खानाको नलीमा प्वाल परेको पत्ता लाग्यो ।

उनको पेटको स्क्यान गर्दा उनको शरीरमा हावा, तरल र खाना जमेको देखियो । लगत्तै डाक्टरहरुले उनको आपत्तकालिन अपरेशन गर्ने निधो गरे । त्यति बेला डाक्टहरुले उनको नलीमा २.५ सेन्टिमिटर ठूलो प्वाल परेको थियो । उनी करिब २३ दिनसम्म अस्पताल बस्नुपरेको थियो । यस्तो घटना निकै कम हुने भए पनि निकै जोखिमपूर्ण मानिन्छ किनभने यसलाई पत्ता लगाउन निकै गाह्रो हुन्छ । ४७ वर्षका भनिएका ति व्यक्ति भने भाग्यमानी ठहरिए । सफल अप्रेशनपछि अब उनी त्यो ठीक हुने प्रक्रियामा रहेका छन् ।

The post खुर्सानी खाँदा घाँटीमा प्वाल……. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kvK2Oi
via IFTTT

0 comments:

Post a Comment

add

 
Top