एजेन्सी । पूजा गर्न शिव मन्दिर गएकी किशोरी राति अबेरसम्म पनि घर नफर्किएपछि चिन्तित बनेका परिवारले उनको खोजी गरे। खोज्दै जाँदा राति अबेर खेतमा कोही कराएको आवाज आयो।
हेर्न जाँदा हात खुट्टा बाँधिएको, आँखामा पट्टी लगाइएको अवस्थामा किशोरी फेला परिन्। उनी बोल्न नसक्ने अवस्थामा थिइन्। उनलाई गम्भिर अवस्थामा अस्पताल पुर्याइयो। अस्पताल पुर्याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरे। पुजा गर्न गएकी किशोरीको त्यो अवस्था देख्दा परिवार स्तब्ध बनेका छन्।
यो घटना भारतको यूपीस्थित कन्नौज क्षेत्रको हो। सन्ध्या यादव नाम गरेकी १९ वर्षीया किशोरी बीटीसीकी विद्यार्थी हुन्। पुजा गर्न मन्दिर गएकी किशोरीको केही युवकले अपहरण गरेर बलात्कार गरी हत्या गरेका छन्। केही युवकले अपहरण गरेर ती युवतीको खेतमा लगी बलात्कार गरेका थिए। बलात्कारपछि उनीहरुले किशोरीलाई विष पिलाएका थिए। विष पिएपछि युवतीको ज्यान गएको हो। युवतीको जाँचको रिर्पोट आउन बाँकी छ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको त्यहाँका प्रहरी अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
The post पूजा गर्न शिव मन्दिर गएकी किशोरी यस्तो हालतमा भेटिएपछि परिवार स्तब्ध ! appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2Cdeu8u
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.