Photo of Milford Sound in New Zealand

मङ्सिर २०, दार्चुला । दार्चुला जिल्लामा बुधबार राति ९ बजेर ५ मिनेटमा भुकम्पको धक्का महसुस भएको छ ।

दार्चुला जिल्ला सदरमुकाम भन्दा १८० किलोमिटर टाढा भारतको उत्तराखन्ड केन्द्रबिन्दु बनाएर ५.७ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताले जानकारी दिनुभयो ।

दार्चुला सहित प्रदेश नम्बर ७ का बैतडी, डडेलधुरा लगायत जिल्लाहरु र भारतको उत्तराखन्ड प्रदेश लगायत बिभिन्न क्षेत्रमा भुकम्पको धक्का महसुस भएको हो । अहिलेसम्म भुकम्पबाट भौतिक तथा मानबिय कुनैपनि क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

भूकम्पिय दृष्टिकोणले जोखीमयुक्त मानिएको दार्चुला जिल्ला आसपासको क्षेत्रमा समयसमयमा भुकम्प जाने गरेको छ । -लोकेन्द्र प्रशाद जोशी/साझासबालबाट

The post दार्चुलामा भुकम्प गयो, क्षतिको विवरण आउन बाँकि appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2nBqugs
via IFTTT

0 comments:

Post a Comment

add

 
Top