काठमाडौं– मंसिर ११ गते सोमबार सामाजिक सञ्जाल फेसबुकमा दुर्गानाथ दाहालले दिसापिसाबमा लतपत्तिएका एक बिरामीको तस्बिर र भिडियो अपलोड गरे। देशकै जेठो वीर अस्पतालको आकस्मिक कक्षमा बेवारिसे अवस्थामा रहेका ती बिरामीको भिडियो र फोटो फेसबुकमा भाइरल भयो।
भिडियो र फोटोमा बिरामीको अवस्था निकै नाजुक र दयनीय देखिन्छ। उनको कम्मर भन्दा तल कपडा थिएन र पूरै दिसा–पिसाब लतपतिएको थियो।
फेसबुकमा उक्त भिडियो राखेको २४ घन्टा नबित्दै एक लाखभन्दा धेरैले हेरे भने फोटो र भिडियो एक हजारभन्दा बढी सेयर भयो। कमेन्ट पनि उत्तिकै आए। कमेन्टमा उनीमाथि माया दर्शाउने र स्वास्थ्यलाभको कामना गर्ने बढी थिए। तर, कसैले पनि उनको उपचारका लागि आवश्यक पहल गर्न भने सकेका थिएनन्।
फेसबुकमै भाइरल उक्त बेवारिसे बिरामीको फोटो र भिडियोले नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीको मन छोयो। उनले तुरुन्तै फोटो र भिडियो अपलोड गर्ने दाहाललाई फोन गरिन्। र, उनको उपचार नर्भिकमा निःशुल्क गर्ने व्यवस्था मिलाइन्।
मेघाले वीर अस्पतालमा ती बिरामीलाई लिन एम्बुलेन्स सहितको टोली पठाइन्। टोली पुग्दा बिरामी गन्हाइरहेका थिए भने ढाड तथा मलद्वारा वरिपरिको भागमा घाउ नै घाउ थियो। पाँच दिनअघि नर्भिकमा नाजुक अवस्थामा ल्याइएका ती बिरामीको अवस्थामा अहिले सुधार आइरहेको छ। उनको घाउ ठिक हुँदै गइरहेको छ भने संक्रमण पनि कम हुँदै गइरहेको छ।
मेघाका अनुसार अस्पतालले उनको उपचारसँगै लत्तकपडा र खानेकुरा पनि निःशुल्क उपलब्ध गराएको छ। ती बिरामीको अहिलेसम्म आफन्त फेला परेका छैनन्। उपचारपछि ती बिरामीले आफ्नो नाम मदन पोखरेल र घर रामेछाप भएको मात्र जानकारी दिएका छन्।
‘सामाजिक सञ्जालमा भाइरल भिडियो देखेर मैले उनको अवस्थाबारे जानकारी पाएको हुँ,’ मेघाले भनिन्, ‘त्यसपछि मैले तुरुन्तै निःशुल्क उपचार गर्न टोली पठाएको हुँ। अहिले उनको अवस्थामा निकै सुधार आएको छ।’ उनका अनुसार ती व्यक्ति अहिले नर्भिकको बेड नम्बर २२९ नम्बरमा उपचाररत छन्।
नर्भिककी निर्देशक मेघाले अस्पतालले गरिब बिरामीको निःशुल्क उपचारका लगि सरकारले तोकेबमोजिम १० प्रतिशत बेड छुट्याएको जानकारी दिइन्। ‘बेवारिसे अवस्थामा उद्धार गरिएका ती व्यक्तिझैं हामी अरु गरिबको पनि निःशुल्क उपचार गछौं,’ उनले भनिन्, ‘सरकारी अस्पतालले हामीलाई यस्ता गरिब बिरामीको उपचार गर्न रेफर गर्नुपर्यो।’
दिसापिसाबमा लतपतिएका बेवारिसे बिरामीले उपचार पाएपछि भिडियो अपलोड गर्ने दाहालले भने, ‘सामाजिक सञ्जालको मद्दतले एक जना बिरामीले नयाँ जीवन पाए।’ उनले देशका सबै निजी अस्पतालले १० प्रतिशत बेडमा गरिब बिरामीलाई निःशुल्क उपचार दिने हो भने धेरै बेवारिसे बिरामीले उपचार पाउने बताए। swasthyakhabar
The post फेसबुकमा बेवारिसे बिरामीको फोटो देखेपछि नर्भिककी निर्देशक मेघाको पहलमा निःशुल्क उपचार appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2A2129N
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.