Photo of Milford Sound in New Zealand

बैतडीमा अद्भुत गुफा भेटिएको छ । बैतडीको सिगास गाउँपालिका –१, गाँजरी नजिक गिवाडी खोलामा घर बनाउन ढुंगा निकाल्दा गुफा भेटिएको हो ।स्थानीय बासिन्दा उज्वलराम विश्वकर्माले घर बनाउन ढुंगा निकाल्दा गुफा भेटिएको हो ।

अहिले गुफा हेर्नेको घुइँचो लागेको छ । गुफाभित्र पौराणिक मुर्तिहरु फेला परेका छन् । गुफाभित्र गणेशको, हात्ती र शंखको मुर्ति भेटिएको गाँजरी प्रहरी चौकीका इन्चार्ज जनकसिंह धामीले बताउनुभयो ।

विश्वकर्माले मंसिर ८ गते घरका लागि ढुंगा फुटाउन खोज्दा घन उछिट्टिएर खुट्टामा बजारिए पनि केही चोट नलागेको बताउनुभयो । पछि त्यो ढुंगा छोडेर तलतिरबाट ढुंगा निकाल्न खोज्दा जतिपटक सब्बल हान्यो त्यती पटक जोरले मुटु दुखेको उज्वलको भनाई छ । मुश्किलले एउटा ढुंगा निस्केपछि त्यो ठाउँमा गुफा र मुर्ति भेटिएपछि ढुंगा निकाल्न छोडेको उज्वलले बताउनुभयो ।

गुफा रहेको क्षेत्रमा राती बत्ती बल्ने गरेको बुढापाकाहरुको भनाइ छ । सिगासधामको नामबाट नामाकरण गरिएको सिगास गाउँपालिकामा फेला परेको गुफाका बारेमा स्थानीयवासी चकित परेका छन् । सिगास गाउँपालिका धार्मीक क्षेत्रमा पर्ने भएकोले गुफा र मुर्तिको संरक्षण गर्नुपर्ने पत्रकार महासंघ बैतडीका अध्यक्ष प्रेम भाटले बताउनुभयो । ujyaaloonline बाट

The post बैतडीमा अचम्मको गुफा भेटियो, ढुंगा फुटाउन खोज्नेको मुटु दुख्यो ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kseR7r
via IFTTT

0 comments:

Post a Comment

add

 
Top