Photo of Milford Sound in New Zealand

बलिउडका ‘दबंग’ सलमान खान केवल आफ्नो फिल्ममा मात्र होईन कमाईमा पनि पहिलो नंबरमा छन् । योपटक उनले शाहरुख खान र विराट कोहलीलाई पनि पछि पारेका छन् । खासमा फोब्र्स इंडियाले १०० उत्कृष्ट कमाई गर्ने सेलिब्रेटीहरुको नाम र कमाई सार्वजनिक गरेको छ, जसमा सलमान खान सबैभन्दा अगाडी देखिएका हुन् ।

सुपरस्टार सलमान खानले २०१७ मा २ सय ३२ करोडको कमाई गरेर फोब्र्सको पहिलो नंबरमा परेका छन् भने शाहरुख खानले १ सय ७० करोडको कमाईको साथमा दाश्रो नंबरमा छन् । आफ्नो बिवाहलाई लिएर चर्चामा आएका विराट कोहली यो लिस्टमा तेश्रो नंबरमा छन्,जसको कमाई १ सय करोड हो । त्यसैगरी राष्ट्रिय पुरस्कार बिजेता अभिनेता अक्षय कुमार ९८ करोडको साथमा लिस्टमा चौथो नंबरमा छन् । जबकी क्रिकेटर सचिन तेंडुलकर ८२ करोड रुपैयाँको साथमा पाचौँ नंबरमा छन् ।

फोब्र्स इंडियाको लिस्टमा आमिर खान ६९ करोडको साथमा छैटौँ स्थानमा छन् भने हलिउडमा धमाकेदार इंट्री गरेकी नायिका प्रियंका चोपडा ६८ करोडको साथमा सातौँ स्थानमा छिन् । क्रिकेटर महेन्द्र सिंह धोनी ६४ करोड, ऋतिक रोशन ६३ करोड र रणवीर सिंह ६२ करोडको साथमा क्रमश आठौँ, नवौँ र दशौँ स्थानमा छन् । लिस्टमा बलिउडमा कलाकार र क्रिकेटरहरुको बोलवाल चलेको छ । यो लिस्टमा ४६ जना कलाकार र १५ जना क्रिकेटर रहेका छन् । १७ महिला सेलिब्रेटीहरुले स्थान बनाएको यो लिस्टमा ब्याडमिन्टर खेलाडी पीवी सिंधु, दीपिका पादुकोण र अनुष्का शर्मा पनि रहेका छन्

The post शाहरुख र विराटलाई पछि पार्दै सलमान बने भारतको सबैभन्दा बढि कमाउने ब्यक्ति… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kXpfn9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top