Photo of Milford Sound in New Zealand

नेपालगञ्ज । वर्गिय विभेद विरुद्ध राजनीतिमा होमिएकी नेकपा माओवादी केन्द्रकी नेता कृष्णा केसी (नमुना) प्रदेश नम्बर ५ को प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छिन् । उनका लागि यो यात्रा तय गर्न सोचे जति सहज थिएन ।

‘दश बर्षे सशत्र द्धन्द्धले पारेको सकारात्मक प्रभाव आम नेपालीका लागि ठूलो उपलब्धी रह्यो’ विजयीपछि नमुनाले भनिन –‘यो जित म प्रतिको विश्वास र भरोसाको जित हो ।’

आफूले व्यक्त गरेका प्रतिबद्धताहरु पालना गर्नेमा आश्वस्त पार्दै नवनिर्वाचित प्रदेशसभा सदस्य नमुनाले भनिन् – ‘ मुलुकलाई अब विकास र समृद्धितिर लैजानु पर्छ ।’ उनको यो जित प्रतिस्पर्धीसँगको अंक गणित मात्र सिमित थिएन् ।

बाँके क्षेत्र नम्बर १ प्रदेशसभा (क) वाम गठबन्धनकी उम्मेदवार (नमुना भारी मत अन्तरले विजयी भएकी हुन् ।
नमुनाले १३ हजार ४ सय ३६ मत प्राप्त गरिन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शरदचन्द्र बर्माले दश हजार २४० मत प्राप्त गरे । बर्मालाई नमुनाले ३१९६ मत अन्तरले पराजित गरिन् ।

असमानता विभेद चिर्दै उनले यो लामो यात्रा तय गरेकी हुन् । दश बर्षे सशत्र द्धन्द्धमा उनले भूमिगत जीवन भोगीन् । पुराना दिन सम्झदैँ उनले भनिन् –‘कहालिन्छ यो मन । म सँग शब्द नै छैन । तर त्यो अध्याँरोमा पनि कहिले पट्यार लागेन् । अध्याँरोमा पनि उज्यालो किरण देखिरहे ।’

यो जित जनताले दिएको विश्वास हो । यो विश्वासलाई अविश्वासमा कहिले बदिल्ने छैन भन्छिन् नमुना ।

वि.स २०४८ सालदेखि राजनीतिमा होमिएकी नमुना वि.स २०४९ सालदेखि विद्यार्थी राजनीतिमा आएकी थिइन् । उनी एकाई कमिटी हुँदै वि.स २०५४ मा विद्यार्थी संगठनको इन्चार्ज भइन् । त्यतिबेला उनी जेल चलान समेत भइन् । डेढबर्ष जेल जिवन भोगेकी उनले कहिले राजनीतिबाट टाढा रहने सोच राखिनन् ।

राजनीतिक यात्रामा आएका कति उतार चढाबलाई सहज ढगंले स्वीकार गर्दै उनी सर्वाहाराका लागि राजनीति गर्दै हिँडिन् ।

उनले भनिन्,– ‘मलाई आशा थियो । धैर्यता राख्नुपर्छ, क्षमताको मुल्यांकन हुन्छ ।’

नमुनाले वि.स २०५९सालमा पार्टीको जिल्ला कमिटी सदस्य हँुदै वि.स २०७० मा जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हालिन । वि.स २०७२ सालमा पाटीको केन्द्रीय सदस्य भइन् ।

साविकको महादेवपुरी २ हालको राप्ती सोनारी गाउँपालिको वासिन्दा नमुनाको जन्म रुकुममा भएको हो । उनका परिवार वि.स २०४७ सालतिर बसाई सरेर बाँके झरेका थिए ।

निर्वाचनमा विजयी भएसँगै कार्यकर्ताबिच घेरिएकी नमुना केही अभावको महशुस गर्दै थिइन् । जितको तयारी गर्दैगर्दा उनको आमाले संसारबाट बिदा लिइन् ।

आमालाई सम्झदैँ भावुक हँदै नमुनाले भनिन् – ‘उहाँलाई मैले जितेकाे हेर्ने ठूलो धोको थियो । मेरो जित त निश्चित भयो । तर आमाले मलाई यो रुपमा हेर्ने कुरा अधुरो नै रह्यो ।

धेरै क्षमता र पार्टीमा क्रियाशिल हुँदाहुँदै पनि उनले कहिले पनि ठूला अवसरका लागि विद्रोह गरिनन् । उनले भनिन् –मलाई विश्वास थियो, मेरोे योगदानको कदर हुन्छ भनेर ।’

आफनो जितलाई उनले जनताको परिवर्तनको चाहनाको प्रतिकको रुपमा लिएकी छन् ।

‘आन्दोलनबाट प्राप्त अधिकार सुनिश्चित गर्न, कार्यान्वयन तथा महिला सहभागितामा सुनिश्चित गर्ने मेरो पहिलो प्राथमिकता रहने छ ।’

महिला खबर

The post विजयकै दिन मातृशोक ! छोरीको जित आमाले देख्न पाएन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jNCszg
via IFTTT

0 comments:

Post a Comment

add

 
Top