Photo of Milford Sound in New Zealand

मङ्सिर २८, सुनसरी । छैटौँ पटक सुनसरी क्षेत्र नं ३ मा कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार विजयकुमार गच्छदार विजयी भएका छन् ।
बुधबार मध्याह्न सार्वजनिक मत परिणामअनुसार, ३२१ मत अन्तरले निकटतम प्रतिद्वन्द्वी भगवती चौधरीलाई पराजित गर्दै उनी विजयी भएका हुन् । सुरुदेखि विपक्षी उम्मेदवारको अग्रताका बाबजुद पनि नेता गच्छदार अन्ततः झिनो मतअन्तरले विजयी भए । मतगनणको क्रममा केही फल्टहरु भेटिए । एक दिन मतगणना स्थगित समेत भयो ।

सुनसरीबाट निरन्तर आफ्नो जित यात्रालाई कायम राखेका उनले यो पटक पनि ३८ हजार ९७२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले ३८ हजार ६५१ मत पाएकी छन् ।

२०४८ देखि सुनसरीबाट चुनाव लड्दै आएका गच्छदार नेपालको राजनीतिमा सबैभन्दा शक्तीशाली थारू समुदायका नेता मानिन्छन् । तीनपटक कांग्रेसबाटै जितेका उनी दुई पटक फोरमबाट र यसपालिको चुनावमा फेरी कांग्रेसबाटै जीत हासिल गरेका हुन् । चतुर राजनीतिक खेलाडी गच्छदार चुनावमा धाँदली गरेरै जित्दै आएको आरोप लागिरहन्छन ।

गच्छदारले अघिल्लो दोस्रो संविधासभाको निर्वाचनमा पनि ३६२ मतको अन्तरले चौधरीलाई पछाडि पार्दै आफ्नो अविजित यात्रालाई कायम राखेका थिए । यो वर्षगर्न ३२१ मतले सफल भए ।

धाँधली भयो, न्यायलय जान्छु – चौधरी

प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरीले कांग्रेसका नेता विजयकुमार गच्छेदारले धाँधली गरेर निर्वाचन जितेको आरोप लगाएकी छन् । सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार चौधरीले षडयन्त्रपूर्वक गच्छेदारलाई जिताउँने र आफूलाई हराउँने काम भएको भन्दै धाँधलीपूर्ण मतपरिणामलाई स्वीकार नगर्ने बताईन ।
मत परिणाम सार्वजनिक भए लगत्तै उनले इटहरीमा पत्रकार सम्मेलन गरेर सत्ताको दुरुपयोग गरी सुनसरी ३ का जनतालाई आखाँमा छारो हाल्ने काम भएको उनले आरोप लगाइन् । एमालेबाट वाम गठबन्धनकी उम्मेदवार चौधरी मतगणनामा धाँधली भएको भन्दै सोमबारदेखि नै मतगणनास्थल बाहिरिएकी थिइन् । मतगणनाको अन्तिम परिणाम सुनाउँदै गर्दा समेत उनी मतदान स्थल थिइनन् ।

‘म जनताको मतको कदर गर्दै संरक्षण गर्नेछु’ उनले पत्रकार सम्मेलनमा भनिन– ‘त्यसका लागि राष्ट्रिय अन्तर्रा्ष्ट्रिय कानुनको सहयोग लिने छु । चौधरीले आफ्नो जितको लागि भन्दा जनताको मतको संरक्षण गर्न आफू कटिवद्ध रहेको समेत बताएकी छन् ।

सिमरियास्थित जनता माध्यामिक विद्यालयको मतदान केन्द्रबाट कर्मचारीहरुले नै मत खसालेको तर, मतदान अधिृकत मौन बसेको उनले बताइन् । जनता माविमा ३ हजार १ सय ९१ मतदाता रहेका थिए ।

धाँधली हुने अाधार यस्ता छन् : चौधरी

– मतगणनास्थलमा अर्धकट्टीसहितको मत्रपत्र भेटिनु । भगवती त्यसको सिरियल नम्बर हेरौं भन्दा मतदान अधिकृत टीका घिमिरेले ‘यो सिरियल नम्बर हेर्ने कुरा संसारको कुन कानुनमा लेखेको छ देखाउनुस् भन्दै हेर्न नमान्नु ।

– मतदान अधिकृतले मतदान सकिएपछि मुचुल्का गर्न प्रयोग गरिने खाली कागज पत्र (केहि नलेखिएको) सहितको फायल भेटिनु ।

– मत पेटिका सिल गर्न प्रयोग गरिने दुई वटा सामग्री (स्टीकर जस्तो) मतगणनास्थल भन्दा बाहिर भेटिनु । जसलाई काटेर प्रयोग गरिन्छ र प्रयोग गरिसकेपछि सुरक्षित राख्नुपर्ने हुन्छ । तर त्यो च्यातिएको अवस्थामा मतगणनास्थल बाहिर भेटिनु ।

– मतगणनास्थलमा मतगणना हुनु पहिले नै सीसी क्यामेरा जडान गर्न माग गर्दा समेत मतदान अधिकृतले अस्वीकार गर्नु ।

– मतदान स्थलभित्र टेलिफोन लग्न पाइदैन । तर काँग्रेस कार्यकर्ताले मोबाइल प्रयोग गर्नु । मोबाइल प्रयोग गर्न रोक्नु पर्ने एमाले कार्यकर्ताको कुरा मतदान अधिकृतबाट वेवास्ता हुनु ।

– मतगणनास्थलमा अर्धकट्टीसहितको मत्रपत्र भेटिएपछि भगवती चौधरीद्वारा मतगणना स्थगित गरि उच्चस्तरीय छानबीन समिति गठन गर्न र मतदान अधिकृत परिवर्तन अस्ती सोमबार नै निर्वाचन कार्यालय सुनसरी मार्फत निर्वाचन आयोगमा निवेदन दिएपनि त्यसको सुनुवाई गर्नुको साटो मतगणनालाई अगाडि बढाएर मतपरिणाम घोषणा गर्नु ।नयाँपत्रिका बाट

The post धाँधली गरेर जितेका गच्छदारलाई लाग्यो झड्का (प्रमाणसहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BkNkOU
via IFTTT

0 comments:

Post a Comment

add

 
Top