Photo of Milford Sound in New Zealand

काठमाण्डाै । तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड सशस्त्र युद्धको अन्तिम तयारीमा थिए । पारिवारिक व्यवश्थापन प्रचण्डका लागि चुनौति थियो । उनले जुक्ति निकालेः सानै उमेर सही, ठूली छोरीको विवाह गरिदिने ।युद्धको अन्तिम तयारी रहेका भावी संघर्षका पक्षमा सकारात्मक माहोल बनाउन समाजका विभिन्न तप्कासँग भेट गर्दै थिए । त्यस्तै भेट पत्रकार पुरुषोत्तम दाहालसँग भयो । दुई दाहालको भेटमा प्रचण्डले भनेका थिए–जेठीको विहे भर्खर गरिदिए । दुई छोरी र कान्छो छोराको व्यवस्थापन गर्दैछु ।

प्रचण्ड जतिबेला युद्ध थाल्दै थिए उनी स्वयं युवावयका थिए । उमेरले चालिसमात्रै टेकेको थियो । छोरा छोरी सानै थिए । परिवारभित्र उनको बलियो आधार थिएन । त्यसैमेसोमा प्रचण्डको भरपर्दो आधार बनेः सागर केसी । ज्वाइँ भएपनि सागरले प्रचण्ड परिवारको जेठो छोराको भूमिका निर्वाह गरे । गर्दै आएका छन् ।माओवादी एक बरिष्ठ नेताका अनुसार प्रचण्डले सागरलाई जेठो छोराका रुपमा परिचित गराउँथे ।

सागरको छरछिमेकमै उनी प्रचण्डका ज्वाइँ हुन् भन्ने थाहा थिएन । युद्धका महारथि प्रचण्डको एक वक्तव्यले देश ठप्प हुन्थ्यो । उनका बारेमा तिलस्मी कथा सर्वत्र सुनिन्थो । हाउगुजी उस्तै थियो । उनको परिवारका बारेमा अनेकौ प्रसंग उस्तै थिए । तर, सागर नै उनै प्रचण्डका ज्वाइँ थिए भन्ने पत्तो थिएन । भूमीगतकालमा मात्र होइन, शान्ति प्रक्रियामा आएको डेड दशकसम्म पनि सागर गुपचुप छन् आमरुपमा । तर, माओवादी युद्धकालदेखि नै सागर माओवादी र प्रचण्ड पारिवारको अविचलित सहयात्री रहँदै आएका छन् ।

शान्ति प्रक्रियामा आइसकेपछि माओवादी पटक पटक सरकारमा सहभागी भयो । प्रचण्ड दुई पटक प्रधानमन्त्री भए । तर सागर नत राजनीतिक नियुक्तिका लागि अघि बढे नत कुनै विवादमा तानिए । उनी भूमीगत शैलीमै प्रचण्डको सहयोगी भूमीकामा रहिरहे । सागरसँगै एउटै कमिटीमा लामो समय काम गरेका माओवादी नेता भन्छन्, ‘अध्यक्षको ज्वाइँ हुँ भन्ने भावनामा उहाँमा कहिल्यै देखिएन । दिएको जिम्मेवारी पूरा गर्ने तर पदमाथि दाबी नगर्ने उहाँको स्वभाव छ । आफ्नै सहकर्मी नै प्रचण्डको ज्वाइँ हो भन्ने धेरैलाई पत्तो हुँदैनथ्यो । थाहा पाएपछि उहाँको सरलता देखेर अचम्मित हुन्थे साथीहरु ।’

सागर र प्रचण्डको नियती उस्तै !

प्रचण्डले जस्तै ज्वाइँ सागरलाई पनि जेठी छोरीको बिहे सानैमा गराइदिनुपर्ने परिबन्ध आइलाग्यो । प्रचण्डकी जेठी छोरी ज्ञानु स्वभावले सरल र मायालु थिइन् । परिवारमा ठाकठुक पर्दा पनि मिलाइदिने माध्यम बन्थिन उनी । राजनीतिक परिवारकी जेठी सन्तान भइकनपनि उनी राजनीतिक चार्तुयता र जोडघटाउमा ध्यान दिदैनथिन । भाइबहिनीको औधी माया गर्थिन । सानैमा विवाह बन्धनमा बाधिएकी ज्ञानु सानैमा आमा बनिन् ।  उमेरमै उनलाई क्यान्सरले च्याप्यो ।

ज्ञानुले छोरीहरुको चिन्ता लिन्थिन् । ज्ञानु बिरामी भएकै कारण जेठी छोरी सृष्टिको तुलनात्मकरुपमा सानै उमेरमा विवाह गरिदिए सागरले । सागरकी कान्छी छोरी दृष्टि बिबिए पढ्दैछिन् ।

पत्नीशोकमा परेका सागरलाई पुत्रीशोकले थिचिएका प्रचण्ड सम्झाउने गर्थेः ज्ञानु नभएपनि हामी तपाईको साथमा छौँ, सम्हालिने प्रयास गर्नु । सागरका लागि भाइसरह थिए साला प्रकाश । दिदी ज्ञानुसँग खुब रमाउँथे प्रकाश । कोख आमाको भएपनि ज्ञानुकैे काखमा हुर्केका थिए प्रकाश ।

पुत्रीशोकको २ बर्ष नबित्दै प्रचण्डको परिवारमा अर्को महाविपत्ति आइलाग्यो । सहयोगी र अंगरक्षकका रुपमा रातदिन समर्पित छोरा प्रकाशको आकस्मिक हृदयघातका कारण निधन भयो । भातृशोकमा परेका सागर पुत्र शोकमा परेका प्रचण्डलाई ढाडस दिन्छन्ः प्रकाशको अभाव हुन नदिन कुनै कसुर बाँकी राख्ने छैनौँ ।

तीन ज्वाइँः सागर, अर्जुन र जीबन

सागरझैँ माइला र कान्छा ज्वाइँ अर्जुन र जीबनले प्रचण्ड परिवारलाई छोरा प्रकाशको अभाव मेटाउने प्रयास गरिरहेका छन् । तीन ज्वाइँको स्वभाव भने तीनथरी रहेको जानकारहरु बताउँछन् । जेठा ज्वाइँ सागर सांगठनिक जिम्मेवारीमा अब्बल मानिन्छन् । विवादमा नपरेका उनी व्यवहारिक पक्ष बुझ्ने युवा नेताका रुपमा परिचित छन् । माइला ज्वाइँ अर्जुन पाठक प्रशासकीय भूमिकामा दख्खल राख्छन् । भरतपुर महानगर पालिकाकी मेयर रेणुका पति अर्जुन पाठकले माओवादी संसदीय दलको प्रशासकीय भूमिकादेखि आपूर्ति मन्त्रीको स्वकीय सचिवलगायतका राजनीतिक नियुक्ति लिइसकेका छन् । कान्छी छोरी गंगाको युद्धकालमै दार्जलिङका नारायण प्रधानसँग भएको थियो । मोहन बैद्यसँगै पक्राउ परेका प्रधान सो समय चर्चाको शिखरमा थिए । प्रधान परिवार प्रचण्डको भरपर्दो सहयोगी थियो । तर, शान्ति प्रक्रियामा आएसँगै गंगा र नारायणको सम्बन्ध टुट्यो । गंगाको जीबनमा भित्रिए विराटनगरका जीबन आचार्य । गंगासँगको बैबाहिक सम्बन्धसँगै जीबन माओवादी बने । ब्यापारिक पृष्ठभूमीका जीबन पारिवारिक सम्बन्धकै आधारमा प्रदेशसभाको उम्मेदवार बने । संगठन र जनतामाझ नचिनिएका जीबनले बामको लहर छाउँदा पनि विजय आफ्नो पोल्टामा पार्न सकेनन् ।

हाइप्रोफाइल ज्वाइँको लो प्रोफाइल शैली

कान्छा ज्वाइँ जीबनका बारेमा माओवादीवृत्त उतिसारो जानकार छैन । प्रदेशसभामा टिकट पाएसँगै उनलाई संकेत गर्दै कतिपय माओवादी नेताहरुले राजनीतिक योगदान रत्तिभर नभएपनि परिवारकै आडमा लाभ लिने किन भन्दै सामाजिक संजालमा रोष व्यक्त गरेका थिए । ससुराले जे सक्यो त्यही दक्षिणा दिने हो भन्दै कतिपयले व्यंग्य कसे । उम्मेदवार भएपछि मिडियामा कान्छा ज्वाइँको चर्चा भएपनि सो भन्दा पहिले उनी नेपथ्यमै रहेका थिए ।

माइला ज्वाइँ अर्जुन नाकाबन्दीको बेला आपूर्तिमन्त्रीको सचिवालयमा थिए । संवेदनशील समयको संवेदनशील मन्त्रालयको सचिवालयमा रहेकाले उनको भेट संचारकर्मीसँग तारान्तर भइरहन्थ्यो । चिनेजानेका बाहेक अरुले उनी प्रचण्डका ज्वाइँ हुन् भन्ने सायदै ख्याल गर्न सक्थे । किनकी उनी सहयोगी भूमिकामा थिए, ज्वाइँको बडम्पन सायदै देखिन्थ्यो ।

अर्जुनले पत्रकारलाई ग्यास र तेल उपलब्ध गराउन आफ्नो तर्फबाट जोडबल गरेर मिडियावृत्तमा प्रंशसा बटुलेका थिए । तर, एक संचारकर्मीले नाकावन्दीको बेला अर्जुनले गरेको सहयोगलाई नै नकारात्मक सन्देश जाने गरी रिपोर्ट प्रकाशित गरेपछि उनी चिढिएका थिए । उनले भन्ने गर्थे– सिलिण्डर मिलाइदिन पर्‍यो भन्दै मन्त्रालय धाउने, उल्टै समाचारपनि लेख्ने ! पत्रकारसँग सकिन्न ।

सचिवालयमा सागरको चर्चा

संचारमाध्यमबाट सागर टाढा छन् तर अपरिचित छैनन् । यत्ति हो उनी संचारकर्मीसँग सित्तिमित्ति सम्पर्कमा आउदैनन् । संचारमाध्यमभन्दा टाढै रहेका सागर नै प्रचण्डको सचिवालयमा नियुक्त हुने चर्चा संचारकर्मीका बीचमा चल्न थालेको छ ।

प्रकाशको निधनसँगै रिक्त रहेको सचिवालयको जिम्मेवारी चुनाव अबधीभरलाई अघोषितरुपमा वाइसिएलका अध्यक्ष रामप्रसाद देवकोटाले निर्वाह गरेको बताइन्छ । चुनावी चटारो सकिएसँगै विधिवतरुपमै सचिवालयमा उपयुक्त पात्रलाई नियुक्त गर्ने सोचमा प्रचण्ड रहेका छन् । सागरसँग यसबारेमा बुझ्न गरिएको सम्पर्कको प्रयास सफल हुन सकेन ।

केही संचारमाध्यले बुहारी सृजना सचिवालयमा नियुक्त हुने भन्ने समाचार प्रकाशित गरेका थिए । तर, अहिलेसम्म सृजनालाई सो बारेमा कुनै जानकारी नदिइएको सृजनाको परिवार निकट स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार निर्वाचन सकिएलगत्तै सृजना काठमाडौँ फर्किएपनि प्रचण्ड निवासमा भित्रिएकी छैनन् । – नेपाल अाजबाट साभार गरीएकाे

The post यी हुन् चर्चामा आउन नचाहने प्रचण्डका ‘जेठा छोरा’ सागर ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2k5DnuK
via IFTTT

0 comments:

Post a Comment

add

 
Top