Photo of Milford Sound in New Zealand

एजेन्सी । बुल्गेरियाको स्टारा जागोर नामक शहरमा हरेक ३ वर्षमा दुलही किनबेच हुने बजार लाग्दै आएको छ । उक्त बजारमा गएर विवाह योग्य पुरुषले आफ्ना लागि दुलही छान्न सक्छन् ।

त्यसका लागि सम्बन्धित परिवारले तोकेको मुल्य तिरेपछि आफुले रोजेकी दुलही पाउनु पाउँछन् । विवाह गर्न सजिलो होस भनेर यस्तो मेलाको आयोजना गरिएको हो । कालान्तरमा यो प्रचलन एउटा सस्कारको रुपमा स्थापित भएको छ । जुन अहिले सम्म पनि निरन्तर चलिरहेको छ । उक्त बजारमा उपलब्ध दुलहीहरु सजिसजाउ भएर पुग्छन् भने दुलही किन्ने दुलाहले सम्भव भएसम्म आफुसमानको अन्यथा आफू भन्दा २ देखि ५ वर्षसम्म कम उमेरकी दुलही मात्र किन्न सक्छन् ।

दुलही किन्ने यो मेलामा दुलाहा दुलही दुवैको परिवार उपस्थित हुनुपर्दछ । दुवैले एक अर्कालाई मन पराउने पर्ने सर्त हुन्छ । त्यसपछि दुलही छानिन्छ, छानिएकी दुलहीको मूल्य तय हुन्छ र उनिहरुको विवाहको तिथि निर्धारण गरिन्छ । यो बजारमा बुल्गेरियाको आदिबासी कलाइदझी समुदायका युवायुवतीहरुमात्र सहभागी हुन्छन् । उक्त समुदायबाहेक अरुले दुलही किन्न पाउँदैनन् ।

The post छानीछानी दुलही किन्न पाउने बजार, दुलहीको मुल्या यस्तो छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2poQUD9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top