Photo of Milford Sound in New Zealand

पवित्र र गुणी पशु हो, गाई । हामी गाईलाई पुज्छौं । यस धर्तीमा प्रारम्भिक कालमा केहि प्रजातिका गाई थिए । लगभग ९ हजार ५ सय बर्षअघि गुरु वशिष्ठले गाईको कुल विस्तार गरेका थिए र केहि नयाँ प्रजाति समेत विकास गरेका थिए । त्यसताका गाईको ९-१० नश्ल थियो, जसको नाम कामधेनु, कपिला, देवनी, नन्दनी, भौमा आदि थियो ।

कतिसम्म भने कामधेनु गाईका निम्ति गुरु वशिष्ठदेखि विश्वमित्र सहित केहि राजाहरुले कति पटक त युद्ध नै गरेका थिए ।

३३ कोटी देवता- हिन्दु धर्म अनुसार गाईमा ३३ कोटी देवताले निवास गर्छन् । कोटीको अर्थ करोड होइन, प्रकार हो । यस अनुसार गाईमा ३३ प्रकारको देवता निवास गर्छन् ।

सकारात्मक उर्जाको भण्डार- वैज्ञानिक शोधबाट थाहा भएअनुसार गाईमा जति सकारात्मक उर्जा हुन्छ, अरु प्राणीमा हुँदैन । वैज्ञानिकका अनुसार गाइ एकमात्र यस्तो प्राणी हुन्, जो अक्सिजन ग्रहण गर्छ र अक्सिजन नै छाड्छन् । जबकी मानिस लगायत सबै प्राणी अक्सिजन लिन्छ र कार्बनडाईअक्साइड छाड्छ । घरको आसपास गाई छ भने संक्रमण रोग, चिसो, कफ आदिको समस्या नहुने विश्वास गरिन्छ ।

गाईको सूर्यकेतु नाडी-गाईको मेरुदण्डको हड्डीमा सूर्यकेतु स्नायु हानिकारक विकिरण रोकेर वातावरण स्वच्छ बनाइ राख्छ । यो पर्यावरणका लागि लाभदायक हुन्छ । साथै, सूर्यकेतु नाडी सूर्यको सम्पर्कमा अउनका लागि यहाँ स्वर्णको उत्पादन गर्छ । गाइको शरीरमा उत्पादन हुने यो सुन गाईको दुध, मुत्र र गोबरमा मिल्छ ।

पंचगव्य- पन्चगव्य केहि रोगमा लाभदायक मानिन्छ । यसको निर्माण गाईको दूध, दही, घिउ, मुत्र र गोबरबाट हुन्छ । पञ्चग्यद्वारा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

गाईको दूध र घिउ अमृतसमान हो । दहीले पाचन यन्त्र स्वस्थ्य राख्छ । यसमा सुपाच्य प्रोटिन एवं लाभकारी जीवाणु हुन्छ ।

बैज्ञानिकका अनुसार गाईको गोबरमा भिटामिन बि-१२ प्रचुर मात्रामा पाइन्छ ।

गौमुत्रको फाइदा

– गौमुत्रसर्वोत्तम औषधीको रुपमा लिइन्छ । यसको सेवनले कतिपय रोग समेत निर्मूल हुन्छ । यद्यपी स्वस्थ्य गाईको गौमुत्र सेवन गर्नुपर्छ । स्थानिय जातका गाई अझ खुला चरनमा छाडिने गाईको गौमुत्र, दुध बढी औषधिय महत्वको हुन्छ ।

– गौमुत्रमा यस्ता गुण हुन्छ, जसले क्यान्सर जस्ता रोग लाग्न दिदैन । चिकित्सा विज्ञानको अनुसार गाईको कलेजोलाई चार भागमा बाढिन्छ । यसको अन्तिम हिस्सामा एक प्रकारको एसिड हुन्छ, जो क्यान्सर रोगको जड हटाउने क्षमता राख्छ । गौमूत्र खाली पेट प्रतिदिन निश्चित मात्रामा सेवन गर्दा क्यान्सर जस्तो रोग नष्ट हुन्छ ।

– गौमुत्रमा पोटेशियम, सोडियम, नाइट्रोजन, फस्फेट, यूरिया, यूरिक एसिड हुन्छ । दुध दुइरहेको समयमा गौमुत्रमा ल्याक्टोजको मात्रा वृद्धि हुन्छ, जो हृदय रोगीको लागि फाइदाजनक मानिन्छ ।

– गाैमूत्रमा नाइट्रोजन, सल्फर, अमोनिया, कपर, फलाम, युरिक एसिड, युरिया, फस्फेट, सोडियम, कार्वोलिक एसिड, क्याल्ििसयम, भिटामिन आदि पाइन्छ ।

– गौमुत्रमा प्रति-अक्सिकरणको क्षमताको कारण डीएनए नष्ट हुनबाट बचाउँछ । गोमूत्रबाट बनेको औषधीले क्यान्सर, उच्च रक्तचाप, आर्थराइटिस, सर्वाकल हड्डी सम्बन्धी रोगको समेत उपचार संभव हुन्छ ।

-अनलाइनखबर

The post गाई किन पुज्य छन् ? यस्तो छ गौमुत्रको चमत्कारिक फाइदा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Ad1Fxf
via IFTTT

0 comments:

Post a Comment

add

 
Top