Photo of Milford Sound in New Zealand

दाङ । पहिलो पटक विजयी भएको २३ बर्ष पछि नेकपा एमालेका नेता शंकर पोख्रेलले फेरि विजयको माला पहिरिनु भएको छ । २०५१ सालमा दाङको निर्वाचन क्षेत्रनम्मर २ बाट विजयी हुनु भएका एमाले नेता पोख्रेल दाङ क्षेत्र नम्मर २ को प्रदेश सभा १ बाट विजयी भए सगै दोस्रो पटक विजयको माला पहिरिने अवसर प्राप्त गर्नु भएको हो ।
२०३६ सालबाट १७ बर्षकै उमेरमा राजनीतिमा लाग्नु भएका पोख्रेलले ३२ बर्षको पहिलो पटक २०५१ सालको निर्वाचनमा नेपाली काग्रेसका उम्मेद्वार दिपक गिरीलाई पराजित गर्दै निर्वाचित हुनु भएका एमाले नेता पोख्रेल २०५६ सालमा सोही क्षेत्रबाट नेपाली काग्रेसका नेता कृष्णकिशोर घिमिरेसंग पराजित हुनु भएको थियो ।
२०६४ सालमा समानु पातिक तर्फबाट संबिधानसभाको सभाषद बन्नु भएका नेता पोख्रेल २०७० सालको दोस्रो संबिधानसभा निर्वाचनमा नेपाली काग्रेसका बुद्धिराम भण्डारीद्धारा दाङ क्षेत्र नम्मर ४ बाट पराजित हुनु भएको थियो ।
प्रदेश नम्मर ५ को मुख्य मन्त्रिको दाबेदारका रुपमा हेरिनु भएका संकर पोख्रेल यस पटकको निर्वाचनमा २० हजार ७ सय २३ मत प्राप्त गरी बिजयी हुनु भएको हो ।
प्रतिष्प्रधी नेपाली काग्रेसका उम्मेद्धार कमल किशोर घिमिरेलाई ९ हजार ५ सय ३३ मतले पछि पार्दै बिजयी हुनु भएको हो । ५१ हजार ७ सय मतदाता रहेको यस क्षेत्रमा ३५ हजार ५ सय ४२ मत खसेको थियो ।
गृह जिल्ला दाङ भए पनि यस पटकको निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र नै परिवर्तन गरेर फरक निर्वाचन क्षेत्रबाट पोख्रेल निर्वाचन लड्नु भएको थियो । निर्वाचन क्षेत्र नै परिवर्तन भएपछि आफ्नो मत आफ्नालागि समेत पोख्रेलले प्रयोग गर्न पाउनु भएन । मंसिर २१ गते मतदानका दिन पोख्रेल आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मतदान गर्नु भएको थियो ।
बाम गठबन्धन भए पछि एमाले नेता पोख्रेल चुनाबी दौडमा केही पछाडी देखिनु भएको थियो । रोल्पा घर भएका माओबादी नेता कृष्णबहादुर महरा दाङ क्षेत्र नम्मर २ बाट निर्वाचन लड्ने अडान लिएपछि पोख्रेल प्रतिनिधिसभाको निर्वाचनबाट पछि हट्दै प्रदेशसभा तर्फलागेको जानकारहरुले बताउने गरेका छन ।
माआवादी नेता महरा दाङ क्षेत्र नम्मर २ बाहेक अन्यत्र चुनाब नलड्ने भएपछि संतुलन मिलाउनकै लागि एमाले नेता पोख्रेललाई प्रदेश सभा तर्फको निर्वाचनमा लैजानु परेको एमाले दाङका एक नेताले बताउनु भयो ।
विक्रम सम्वत २०१९ साल फागुन १५ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुवा केशवराज शर्मा र आमा तिलकादेबीको कान्छो सन्तानको रुपमा जन्मिनु भएका पोखरेल पुर्व सञ्चामन्त्रि र हाल नेकपा एमालेको स्थायी कमिटी सदस्य हुनुहुन्छ ।

-अमर क्षितिज भण्डारी, रेडियो नेपाल

The post शंकर पोख्रेललाई दोस्रो विजयको माला पहिरिन २३ बर्ष पर्खनु पर्‍यो । appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yb3XHi
via IFTTT

0 comments:

Post a Comment

add

 
Top